ग्रिनल्याण्ड किन्ने बिषयमा मतभिन्नतासँगै ट्रम्पद्वारा डेनमार्क भ्रमण रद्द

ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो।

ग्रिनल्याण्ड किन्ने आफ्नो सोचलाई डेनिस प्रधानमन्त्रीले अस्विकार गरिदिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेटे फ्रेडिक्सनको निन्दा गर्दै उनलाई 'खराब' नेता भनेका छन्।

ट्रम्पले 'रूखो' ढंगबाट आफ्नो देशको राजकिय भ्रमण रद्द गरेकोमा प्रधानमन्त्री मेटे फ्रेडिक्सनले 'दु:ख लागेको' प्रतिकृया दिएको केही घण्टापछि उनले त्यस्तो प्रतिकृया दिएका हुन्।

रोश

डेनिस प्रधानमन्त्रीले ग्रिनल्याण्ड खरिदसम्बन्धी त्यस्तो सम्झौताको सोचलाई 'हास्यास्पद' बताएकी थिइन्।

महारानी मार्ग्रेटा द्वितीयले ट्रम्पलाई सेप्टेम्बर दुईमा डेनमार्क भ्रमणको निम्ता दिएकी थिइन्।

त्यसलाई रद्द गर्ने ट्रम्पको शैलीले उक्त स्क्यानडिनेभियन राष्ट्रलाई अचम्भित पारेको छ।

डेनिस प्रधानमन्धी मेटे फ्रेडिक्सनले आफ्नो देशको भ्रमण रद्द गर्ने ट्रम्पको कदमलाई 'दुर्भाग्यपूर्ण' र 'आश्चर्यजनक' भनेकी छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डेनिस प्रधानमन्धी मेटे फ्रेडिक्सनले आफ्नो देशको भ्रमण रद्द गर्ने ट्रम्पको कदमलाई 'दुर्भाग्यपूर्ण' र 'आश्चर्यजनक' भनेकी छन्।

बुधवार मध्यान्न ह्वाइटहाउसको बगौंचामा बोल्दै ट्रम्पले फ्रेडिक्सनमाथि रोश पोखेका थिए।

उनले भने- "त्यो हास्यास्पद सोच हो भन्ने प्रधानमन्त्रीको भनाई खराब हो। उनले त्यसलाई अस्विकार गरेको भए हुन्थ्यो।"

"उनी मसँग बोलिरहेकी छैनन्, उनी अमेरिकासँग बोलिरहेकी छन। अमेरिकासँग त्यसरी बोलिंदैन, कम्तिमा मेरो नेतृत्वमा।"

के हो ग्रिनल्याण्ड किन्ने कुरा?

डेनिस प्रधानमन्त्रीले यसअघि प्राकृतिक स्रोतहरूमा धनी रहेको उत्तर ध्रूविय टापु बेच्ने कुरा त्यहाँका नेता र आफू दुवैले स्पष्टसँग अस्विकार गरेको बताएकी थिइन्।

ट्रम्पले चाहीं यसअघि समेत अमेरिकी राष्ट्रपति ह्यारी ट्र्युमनले ग्रिनल्यानलाई केही राम्रा प्रस्तावहरू गरेको स्मरण गराउँदै उक्त विशाल टापु किन्ने कुरा अगाडी सारेका थिए।

ट्रम्पले ग्रिनल्याण्डमा घरजग्जा सम्बन्धी एउटा ठूलो सम्झौता गरेर धेरै कामहरू गर्न सकिने सोच राखेका थिए।

ग्रिनल्याण्ड

तस्बिर स्रोत, Reuters

तर त्यसबारे छलफल गर्ने प्रधानमन्त्रीको रूचि नभएकाले आफ्नो भ्रमणको योजना अगाडि नबढ्ने उनको भनाई थियो।

सोमबार उनले एउटा ठट्याउलो ट्विट गर्दै ग्रिनल्याण्डका ससाना घरबिच ट्रम्प लेखिएको अग्लो घर नबनाउने बताएका थिए।

ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो।

सम्बन्ध

ट्रम्पले एकतर्फी रूपमा भ्रमण रद्द गरे पनि आफूहरूको तयारी चलिरहेको फ्रेडिक्सनले बताएकी थिइन्।

तर उनले भ्रमण रद्द गर्ने ट्रम्पको कदमलाई 'दुर्भाग्यपूर्ण' र 'आश्चर्यजनक' भनेकी छन्।

उनले आफूहरूको निम्ता अझै खुला रहेको बताइन्।

Greenland map

"ट्रम्पले रद्द गर्ने निर्णय गरेको डेनमार्कको राजकिय भ्रमणले दुई देशबिच रहेको घनिष्ट सम्बन्धलाई असर गर्छ भन्नेमा म विश्वास गर्दिन।"

तर दुई नेताका त्यस्ता अभिव्यक्ति आएका पृष्ठभूमिमा दुई देशका विदेशमन्त्रीहरूले भने कुराकानी उत्तरी ध्रूव र अन्य बिषयमा कोपनहेगन र वासिङ्टनबिचको सहकार्य जारी रहने बताएका छन्।