सामाजिक सञ्जालमा सारी लगाएका र बूढो देखिने तस्बिर हाल्ने होड

तस्बिर स्रोत, Twitter/SareetaShree
अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच दुई किसिमका तस्बिर राख्ने प्रतिस्पर्धा चलेको छ।
सबै उमेरका महिलाहरूले सारी लगाएको आफ्ना तस्बिर प्रेषित गरिरहेका छन्।
उमेर बढ्दै जाँदा मानिसलाई युवावस्थाको स्मृतिले रोमाञ्चक बनाउने भए पनि युवायुवती तथा अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुषहरू छन्।
वृद्धावस्थाको तस्बिर बनाउन एउटा एप प्रयोग हुने गरेको छ।
फेसएप नामको एपमा मानिसहरूको अनुहार सम्पादन गरेर चाउरी परेको देखाउन, दाह्री र केश सेतो बनाइ र नभएको दाह्री थरीथरीका शैलीमा थप्न मिल्छ।
सारी लगाएको र बुढ्यौलीको रूप बनाएको तस्बिर हाल्ने होडप्रति अरू प्रयोगकर्ताले भने व्यङ्ग्य गरेका छन्।
सारीमय सञ्जाल
नेपाली महिलाहरूको पहिला सामान्य रूपमा लगाउने सारी हिजोआज विशेष समारोहमा सीमित हुँदै गएको पाइन्छ।
तर सामाजिक सञ्जाल अहिले सारीमय भएको छ।
साउने सङ्क्रान्ति सुरु नहुँदै एकाएक ट्विटर र फेसबुकमा सारी लगाएको तस्बिर हाल्ने लहर सुरु भयो।
सारीमा सजिएका महिलाहरूले आफ्ना नयाँ तथा पुराना तस्बिरहरू प्रेषित गरे।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
त्यस्तो लहर ट्विटरमा ट्रेन्डिङकै रूपमा नेपालमा मात्र नभएर भारतमा पनि चलेको छ।
कतिपय महिलाले बिनाकारण त्यसरी ट्रेन्डिङ हुनु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन्।
तर केही महिलालाई भने त्यो लहरले आकर्षित गर्न सकेको छैन।
ट्विटरमा आन्विका गिरी लेख्छिन्, "आजका मितिसम्म लाइएन। भो अब दु:ख गरिन्न।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
तर त्यही ट्रेन्ड पछ्याउँदै टेलिभिजन प्रस्तोता सरिताश्री ज्ञवालीले भूतपूर्व निर्वाचन आयुक्त इला शर्मा र कलाकार भुवन चन्दसँगको तस्बिर राखिन्।
सारीका पारखी महिलाहरूले सारी सहज पहिरन भएको टिप्पणी गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
रूपा जोशीले सारीको महिमा गाउँदै त्यो जतिसुकै पातली वा मोटीलाई पनि सुहाउने लेखेकी छन्।
हिमा बिस्टले ट्विटरमा आफूले लगाएको सारी हजुरबुवाले छानिदिएको बताएकी छन्।
आधुनिक पहिरनमा रुचि भएका महिलाले सारीका विकल्प भेटिन थालेका छन्। तर नयाँ फेशनको लहरमा सारीमै पनि नयाँ शैलीहरू देखिन थालेका छन्।
त्यस्तै मिल्नेगरी निर्जना शर्माको ट्वीट थियो - खासै लाइँदैन तर बेलाबेला किनिराख्न मनलाग्ने। त्यसैले त सारीमोह।
बुढ्यौलीमा कस्तो देखिइन्छ भन्ने हेर्ने रहर
फेसएपको प्रयोग गर्ने लहर नेपालमा पनि सुरु भएको छ।
फेसएपमा आफ्नो तस्बिर हालेर धेरैले आफ्नो अनुहारलाई अनेक थरी अवस्थामा परिवर्तन गर्दै रमाइरहेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
तीमध्ये आफ्नो वृद्ध रूपलाई प्रसिद्ध व्यक्तिहरूसँग दाँज्ने गरेको पनि पाइन्छ।
उक्त एपमा तन्नेरी देखाउने सुविधा पनि छ।
आकार अनिलले ट्विट गर्दै लेखेका छन् - हरिवंश आचार्यको "बूढो हुन मन छैन..." भन्ने गीत के आएको मात्रै थियो फेसएपले झन् दुनियाँलाई बूढो बनाइदिने भो।
नेपालभित्र र अन्तर्राष्ट्रिय रूपमै सामाजिक सञ्जालमा धेरैले पछ्याइएका सेलिब्रिटीले फेसएप प्रयोग गरिएका आफ्ना तस्बिरहरू त्यसरी सामाजिक सञ्जालमा राखेपछि त्यस्तो लहर फैलिएको छ।
कतिले त आफ्ना चिनजानका मानिसले सम्पादन गरेर पठाइदिएपछि बल्ल थाहा पाएका थिए। तर तिनैलाई रमाइलो मान्दै सामाजिक सञ्जालमा हाल्नेमा कलाकार दीपकराज गिरीजस्ता अरू पनि छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5
व्यङ्ग्यात्मक शैलीमा गिरी लेख्छन्, "हिजो फेसबुक हेरेर सरकारले वृद्धभत्ता क्यान्सिल गर्ने निर्णय गर्यो कि जस्तो लाग्छ..।, पूरै देश बूढो भयो...।"
तर कसैकसैले भने वृद्धावस्था स्वाभाविक रूपमा आफैँ आउने भएकाले आफूलाई त्यो रूप हेर्ने हतार नभएको टिप्पणी गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 6








