सबै ढोका बन्द भएपछि बिलालले किन छालाका ज्याकेट नै रोजे
रोजगारीका लागि ऋण काढेर वैदेशिक रोजगारीमा अग्रसर हुनुपर्ने बाध्यता धेरै युवाहरूको छ।
ती मध्ये २५ वर्षका बिलाल अहमद शाह एकजना अपवाद हुन्।
कारण: उनले नेपालमै बसेर युवा उद्यमीको छवि बनाउन सफल भएका छन्।
भारतको बंगलौर (बेंगलुरु) मा इन्जिनियरिङ पढ्ने सपना बीच बाटोमै तुहिएपछि उनी नेपालमै फर्के र केही गर्ने योजना बनाए।
तर जब सबै ढोका बन्द भए तब उनले आफ्नो बुवाले छाडेको परम्परागत पेसालाई निरन्तरता दिने सोच बनाए।
त्यही सोचलाई साकार बनाउन उनले पाँच वर्षअघि काठमाण्डूको झम्सिखेलस्थित सानो कारखानाबाट आफ्नो व्यवसाय सुरु गरे।
जम्मा दुईजना कालिगडबाट काम सुरु गरेका बिलालले हाल १५ जनाभन्दा बढी कालिगडलाई रोजगारी दिइरहेका छन्।
उनको कारखानाबाट उत्पादन हुने छालाका ज्याकेट हाल 'ल्याटिडो' ज्याकेटका रुपमा परिचित छन्।
हालसम्म हजारभन्दा बढी डिजाइनमा ज्याकेट बनाएका उनले काममा धैर्य, स्थिर र मेहनत गर्न सके छोटो समयमै उपलब्धि हासिल गर्न सकिने अनुभव सुनाउँछन्।
खासगरी सेलिब्रिटी अर्थात् ख्यातिप्राप्त व्यक्ति , मोटरसाइकल चालक (बाइकर), खेलाडी तथा विदेशमा रहेका नेपालीमाझ उनको उत्पादन चर्चामा रहेको बताइन्छ।
उदयीमान 'युवा उद्दमी श्रृंखला' अन्तर्गत कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।