भारतको यो विद्यालयमा प्लास्टिक नै मासिक शुल्क

भिडिओ क्याप्शन सुरु हुँदैछ, यो विद्यालयमा प्लास्टिक नै मासिक शुल्क

भारतको पूर्वोत्तर राज्य आसाममा सञ्चालित अक्षर फोरमले विद्यार्थीहरूबाट पृथक् शैलीमा मासिक शुल्क उठाउँछ।

त्यहाँ विद्यार्थीहरूले प्रत्येक हप्ता कम्तीमा २५ वटा प्लास्टिक ल्याउनुपर्ने हुन्छ। सन् २०१८ मा सुरु भएको उक्त योजना स्थानीय बासिन्दाले प्लास्टिक जलाउने गरेको थाहा पाएपछि सुरु गरिएको हो।

पर्यावरणसम्बन्धी जनचेतना बढाउने उक्त अभियान अक्षर फोरमले गरेका थुप्रै त्यस्ता कार्यमध्ये एक हो। विद्यार्थीहरूले औपचारिक ज्ञानसहित सीपमूलक शिक्षा पनि प्राप्त गरून् भन्ने उद्देश्यका साथ उक्त विद्यालय सञ्चालन गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि