‘सगरमाथा सफाइ’ गर्ने पाराप्रति कामिरिता शेर्पाको तीव्र असन्तुष्टि

भिडिओ क्याप्शन सुरु हुँदैछ, घर फर्किने बित्तिकै कामिरिता किन क्रुद्ध

सगरमाथा वरपर थुप्रिएको फोहर व्यवस्थापन गर्ने सफाइ अभियान जारी रहँदा कीर्तिमानधारी आरोही कामिरिता शेर्पा भने असन्तुष्ट देखिएका छन्।

आधार शिविरदेखि माथि रहेका जोखिमपूर्ण स्थानहरूबाट शेर्पा पर्वतारोही तथा सहयोगीको टोलीले फोहोर तल झार्ने क्रम जारी रहेको नेपाली सेनाले जनाएको छ।

तर किर्तीमानधारी आरोही कामिरिताले भने घर फर्कने बित्तिकै सगरमाथा सफाइको तौरतरिका नमिलेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

२४औँ पटक सगरमाथाको आरोहणपछि उनलाई शनिवार काठमाण्डू विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

उनको भनाइमा सगरमाथाको शिखरदेखि आधारशिविरसम्मै प्लाष्टिक, धातु, सिसी र मानव मलमूत्र थुप्रिएको छ।

ज्यानको जोखिम रहेको र अप्ठ्यारो हिमाली क्षेत्रमा सफाइ गर्न जानेहरूलाई पारिश्रमिक र सुविधा बढाउनुपर्ने उनको सुझाव छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि