सत्यमोहन जोशी: सय वर्ष पुग्दा पनि जोस उस्तै

भिडिओ क्याप्शन सुरु हुँदैछ, सय वर्ष पुगेका जोसिला सत्यमोहन

वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका संस्कृतिविद् सत्यमोहन जोशी सोमवार उमेरले १०० पुगेका छन्।

उनी सय वर्ष पुगेको अवसरमा सोमवार रथारोहण गराइ नगर परिक्रमा गराइयो।

बाबु शंकरदास जोशी र आमा राजकुमारीको कोखबाट जन्मेका जोशीले १९ वर्षको उमेरमा मङ्गलबजारकी हाल ९६ वर्ष पुगेकी राधादेवीसँग विवाह गरेका थिए।

दीर्घजीवनका लागि स्वस्थ आहार र निरन्तरको चिन्तन मनन आवश्यक हुने उनको अनुभव छ।

भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा समेत योगदान दिएका जोशी वि.सं.२०१३, २०१७ र २०१८ मा मदन पुरस्कार प्राप्त गरेका छन्।

त्यसका अतिरिक्त सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार प्राप्त गरेका उनले दर्जनौं पुस्तक समेत लेखेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि