श्रीलङ्का आक्रमण: सन्दिग्ध नाइकेकी बहिनी भन्छिन्, 'उनले त्यसो गर्लान् भन्ने कहिल्यै लागेको थिएन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्का विस्फोटनका सन्दिग्ध नाइकेकी बहिनी यसो भन्छिन्

श्रीलङ्कामा एप्रिल २१ मा भएका शृङ्खलाबद्ध बम विस्फोटनको योजनाका नाइके भएको बताइएका व्यक्तिकी बहिनीसँग बीबीसीकी योगिता लिमएले भेटेर कुरा गरेकी छन्।

बहिनीका अनुसार उनी दाजु जहरान हशिमसँग सम्पर्कमा थिइनन्। तर हशिम दाजु नै भए पनि उनले गरेका कार्यको बहिनीले निन्दा गरेकी छन्।

हशिमको गृहनगर कट्टनकुडी निवासीहरूका अनुसार हशिमले त्यहाँ एउटा मस्जिद बनाएका थिए। तर उनी सो क्षेत्रमा धेरै वर्षदेखि बसेका थिएनन्।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाका अनुसार कोलम्बोको एउटा होटलमा भएको आत्मघाती विस्फोटनमा हशिमको पनि मृत्यु भएको थियो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि