ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः मन्त्री रवीन्द्र अधिकारीले आफ्नो अन्तिम भाषणमा के भने

सुकेटारमा शव

तस्बिर स्रोत, RSS

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ।

दुर्घटनास्थल प्रसिद्ध तीर्थस्थल पाथीभरानजिकै रहेको अधिकारीहरूले बताएका छन्।

नेपाल नागरिक उड्ययन प्राधिकरणका वरिष्ठ अधिकारीहरू भएको एउटा टोलीसहित उनी तेह्रथुमको चुहानडाँडामा एउटा कार्यक्रममा सहभागी भएका थिए।

सो टोली त्यहाँ निर्माणाधीन एउटा आन्तरिक विमानस्थल हेर्न गएको थिए।

मन्त्री अधिकारीले त्यहाँ सम्बोधन पनि गरेका थिए।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

Presentational white space

आफूहरू चुहानडाँडामा विमानस्थल बनाउन भनेर हेर्न र बुझ्न आएको भन्दै उनले एउटा नक्सा पनि देखाएका थिए।

सो विमानस्थलको लागत पहिला २९ करोड रुपैयाँ हुने भनिएको भए पनि निर्माणका लागि ८७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताएका थिए।

दुर्घटनाको सूचना पाएपछि काठमाण्डूमा मन्त्रिपरिषद्को बैठक बस्यो।

मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेताहरूले हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको मृत्यु भएको दु:ख प्रकट गरेका छन्।

कसरी भयो दुर्घटना?

तेह्रथुमको चुहानडाँडाबाट सो टोली ताप्लेजुङमा पर्ने पाथीभरा मन्दिरको दर्शन गर्न गयो।

तर पाथीभराबाट काठमाण्डू उडेको हेलिकप्टर केही छिनमै दुर्घटनामा पर्‍यो।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सो दुर्घटना खराब मौसमका कारण भएको हुन सक्ने बताएका छन्।

हेलिकप्टर एउटा विकट भीरमा ठोकिएको र त्यसपछि त्यसमा आगो लागेको थियो।

स्थानीयवासीहरूका अनुसार पहिला ठूलो आवाज आएको सुनिएको र पछि आगो लागेको देखिएको थियो।

हेलिकोप्टर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मौसम राम्रो नभएकाले हेलिकप्टर केही समय रोकिको र पछि उडेको मन्दिरका मूलपूजारी डिल्ली आचार्यले बताए।

ताप्लेजुङ

उनले भने, "उहाँहरू आउँदा मौसम सफा थियो। पछि मौसम बिग्रियो र हतारहतार पूजा सक्नुभयो र हामी सँगसँगै तल फर्कियौँ।"

हावा चलेकाले मन्त्रीको टोली हेलिकप्टरभित्र १५-२० मिनेटजति बसेको र चिया खाएको उनले बताए।

"हेलिकप्टर उडेको केही छिनमै भयङ्कर ठूलो हावा चल्यो र सायद त्यसकै कारण [दुर्घटना] भयो।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

कस्तो स्थितिमा छन् शव?

सबै सात जनाको शव फेला पारिसकिएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।

प्रवक्ता सुवेदीका अनुसार सात जनामध्ये मन्त्री अधिकारी र उनका अङ्गरक्षकको शव मात्र चिनिने अवस्थामा छ।अरू शव पूरै जलेका छन् र चिन्न सकिने अवस्थामा छैनन्।

हेलिकप्टर दुर्घटनास्थल

तस्बिर स्रोत, Bibek Khadka

तस्बिरको क्याप्शन, खोजीका लागि गएको सिम्रिक एयरको हेलिकप्टरबाट खिचिएको दुर्घटनास्थलको तस्बिर

मन्त्री अधिकारीसहित चार जनाको शव हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको छ भने अरू तीनवटा शव सङ्कलन गर्न बाँकी छ।

सिम्रिक एयरका पाइलट विवेक खड्काले यसअघि आफ्नो हेलिकप्टरबाट दुर्घटनास्थलको तस्बिर खिचेका थिए।

उनका अनुसार त्यहाँ शवहरू देखिएका थिए।

नेपाली सेनाका दुईवटा हेलिकप्टर शव लिन पठाइएका थिए।त्यसबाहेक सिम्रिक एयर र एयर डाइनेस्टीका हेलिकप्टरहरू पनि उद्धारकार्यमा खटेका थिए।

दुर्घटनास्थल अप्ठ्यारो स्थानमा भएकाले शव सङ्कलन गरेर हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घण्टासम्म लाग्न सक्ने बताइएको थियो।

Presentational grey line

हेलिकप्टरमा को को थिए?

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया
  • प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल
  • पाइलट क्याप्टेन प्रभाकर केसी
  • यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा
  • नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे
Presentational grey line

नेपालमा यसअघि भएका ठूला हेलिकप्टर दुर्घटनाहरू

  • सेप्टेम्बर २३, २००६: ताप्लेजुङको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केसहित २४ जनाको मृत्यु
  • मे १२, २०१५: चरिकोटमा भूकम्पको राहत तथा उद्धारमा खटिएको अमेरिकी वायुसेनाको हेलिकप्टर दुर्घटनामा पर्दा १३ जनाको मृत्यु
  • जुन २, २०१५: सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • सेप्टेम्बर ८, २०१८: नुवाकोटमा एल्टिट्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जापानी पर्यटकसहित छ जनाको मृत्यु