सामान जफत विमानस्थलमा, आक्रोश सामाजिक सञ्जालमा

विमानस्थलमा भन्सार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुले भन्सार छुट पाउनेभन्दा बढी ल्याएका सामान कडाइका साथ जफत गर्न थालिएपछि सामाजिक सञ्जालमा त्यसबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

फेब्रुअरीको पहिलो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशबाट आउने यात्रुले ल्याउने सामानमा भन्सार विभागले कडाइ गर्दै तोकेभन्दा बढी ल्याइएका सामान जफत गर्न थालेको हो।

यस सम्बन्धमा विदेशमा रहेका र नेपाल आउने यात्रुहरूले सामाजिक सञ्जालमा विभिन्न खाले अनुभव र विचारहरू व्यक्त गरेका छन्।

बीबीसी नेपाली सेवाले सामाजिक सञ्जाल फेसबूक र ट्विटरमा पाठकहरूलाई यस सम्बन्धमा उनीहरूको धारणा सोधेको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

फेसबुकमा लगभग छ सय र ट्विटरमा एक सयभन्दा बढी पाठकहरूले आफ्नो विचार व्यक्त गरेका छन्। यसरी विचार व्यक्त गर्ने धेरैले यो कदमको विरोध गरेका छन्।

विरोध गर्नेहरूमध्ये धेरैले विदेसिएका नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको अवस्थामा उनीहरूले कोसेली ल्याएको सामान जफत गरेर 'ज्यादती' गरेको आरोप लगाएका छन्।

फेसबूकमा दुर्गा पौड्यालले लेखिन्: "सामानहरूको वर्गीकरण गरी नियमानुसार जफत गर्नु र कर लगाउनु स्वाभाविक हो। राजस्व असुलीका नाममा वैदेशिक रोजगारबाट फर्कने सर्वसाधारणका उपभोग्य वस्तुहरू नियम र ऐन देखाउँदै जफत गर्ने कुरा सानालाई ऐन ठूलालाई चैन भनेजस्तै हो।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

रमेश चापागाईँले भने परिवारका लागि चिनो ल्याउनु अपराध नभएको भन्दै लेखेका छन्, "सरकारका यस्ता कदमविरुद्ध आवाज उठाउनुपर्छ। हाम्रा श्रमिक दाजुभाइ यो देशका गौरव हुन्।"

विदेशमा बसेका नेपालीले देशको अर्थतन्त्रलाई टेको दिएको भन्दै उमेश चौंलागाईँले लेखेका छन्, "उनीहरूको यो अपमान हो... विगतमा मैले पनि विमानस्थलको भन्सारका कर्मचारीबाट पीडा पाएको छु। सोझासाझालाई अनाहकमा दु:ख दिने काम जनताको सरकारले रोक्नुपर्छ।"

रामप्रसाद शर्माले यस कार्यलाई तुरुन्त सच्याउन माग गरेका छन्। "विदेशको तातोमा रगत पसिना बगाएर ल्याएको झिटीगुण्टामा गिद्धे नजर लगाएर धरपकड गर्नु राम्रो होइन, महापाप हो।"

अन्योलको अवस्था

यस्तो कडाइले विदेशमा बस्ने नेपालीहरू के के सामान लग्न पाइन्छ भन्नेमा स्पष्ट नभएर मर्कामा परेका छन्।

मनु क्षेत्रीले लेखेकी छन्, "एकजना भाईले सोधे: अहिले विमानस्थलमा सामान जफत गर्छ, हरेक कुरा एउटा मात्र लग्न पाइन्छ रे। मैले घरमा बाबाका लागि दुइटा वैशाखी किनेको छु, लैजान मिल्छ होला? म अवाक र नाजवाफ थिए। मैले भनेँ लिएर जानू, जफत गर्‍यो भने सरकारले लिलामी गर्दा फिरी किन्नू है।"

सुप्रभा लुईंटेलले के केमा कडाइ हो जान्न मन लाग्यो भन्दै चकलेटसम्बन्धी नियमका बारेमा प्रश्न राखेकी छन्।

निरु सुब्बाले भने भन्सार तिरेर त्यस्ता बढी भएका सामानहरू छोड्नुपर्ने र जफत गर्नु नहुने तर्क गरेकी छन्।

त्यस्तै घनश्याम चेम्जोङले लेखेका छन्, "आफ्नै देशमा चाहिने सामान उत्पादन गरेको भए कसैले विदेशबाट ल्याउने थिएनन् र सरकारले जफत गर्नु पर्दैन थियो। जनताले विदेशमा रगत पसिना बगाएर घरायसी प्रयोजनका लागि ल्याएको एक दुई पोका सामान खोसेर सरकारले के बहादुरी देखाएको होला।"

भन्सार विभागले आफ्नो वेबसाइटमा धेरै सोधिने प्रश्नहरूको पानामा "यात्रुका व्यक्तिगत प्रयोगका मालवस्तु (गुण्टा, झिटी, भारी) सम्बन्धी व्यवस्था" अन्तर्गत ल्याउन मिल्ने सामानहरूको सूची राखेको छ।

रक्सीको बोतल

तस्बिर स्रोत, PA

नियम फेरबदलको माग

त्यस्तै धेरैले ३३ केजी सुन प्रकरणलाई सम्झिँदै विमानस्थलमा तस्करीमाथि कडाइ हुनुपर्ने र सामान्य नागरिकमाथि कानुन खुकुलो बनाइनुपर्ने जिकिर गरेका छन्।

शालिक ढकाल लेख्छन्, "विदेश बस्ने नेपाली श्रमिक श्रमशोषणमा छन्। आफ्नै देशमा विमानस्थलमा पनि सरकारले खोसाखोस गरेको छ। अब सरकारले तुरुन्त विमानस्थल भन्सार नियममा फेरबदल आवश्यक छ।"

सरु लकले सरकारलाई दुःखको पसिना 'नलुछ्न' आग्रह गरेकी छन् भने फेसबूकमा पूर्ण केसीले सरकारलाई नीति नियमलाई केही खुकुलो बनाउन सुझाव दिएका छन्।

प्रेमनारायण न्यौपानेले भनेका छन्, "यो यो सामान लैजान पाइँदैन भनेपछि किन लैजाने? नलगेपछि समाउने कुरै हुँदैन। नियम पनि उसलाई नलगाउने, मलाई लगाउने भन्न मिल्छ र? एकदम ठीक छ। तर दोषी उम्कन भएन र निर्दोष सजायको भागीदार बनाइनुभएन। नियम ठूला साना सबैलाई समान रूपले लागु हुनुपर्छ। कसैलाई छुट हुनु हुँदैन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमानस्थलमा जफत मदिरा

रेखा राईले लेख्छिन्, "सरकारले नियम बनाउनु ठिक हो तर प्रभावशाली व्यक्तिहरूले नियम उल्लङ्घन गर्दा ठुलो भएको महसुस गर्ने अनि सर्वसाधारणलाई नियममा बाध्य पार्ने। नियम चाहे भन्सारमा होओस् या अन्य ठाउँमा सबैलाई बराबर भए कसले नमान्ला र?"

लिजा तमुले नियम-कानुन नेता, मन्त्री, कर्मचारी र आमनागरिक सबैलाई समान रूपमा लागु गर्न माग गरेकी छन्।