चल्तीको पात्रोको विकल्प किन खोजेको?
अधिकांशले आज मङ्गलवार दशैँको चतुर्दशी र बुधवार कोजाग्रत पूर्णिमा मनाउँदैछन्। तर एउटा जमात छ जसले मान्ने पात्र अनुसार आज कोजाग्रत पूर्णिमा हो।
वाल्मिकी क्याम्पसमा अध्यापनरत एवम् वैदिक तिथिपत्रका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले विगत ८ वर्षदेखि फरक तिथिमितिको पात्रोबारे अभियान चलाउँदै आएका छन्।
दशैँकै बेला पनि उनले मान्ने तिथि अनुसार घटनास्थापना, टीका र कोजाग्रत पूर्णिमा सर्वसाधारणले मानेकोभन्दा एक दिनअघि थियो।
यसै विषयमा हामीले उनीसँग कुरा गर्दै शुरूमा सोधेका थियौँ- आज मङ्गलवार सबैले चतुर्दशी र भोलि कोजाग्रत पूर्णिमा मान्दैछन्, तपाईँले मान्ने पात्रो अनुसार कोजाग्रत पूर्णिमा आजै कसरी पर्यो?
सुनौँ उनीसँगको कुराकानी।