इस्लामिक देशमा प्रवासी नेपालीको दशैँ

अडिओ क्याप्शन सुरु हुँदैछ, इस्लामिक देशमा प्रवासी नेपालीको दशैँ

भनिन्छ मान्छे संसारको जुनसुकै कुनामा गए पनि आफ्ना चाडबाड र संस्कार सितिमिति बिर्सिँदैनन्।

घरबाहिर भएपछि आफू बसेको परिवेश र वातावरणले चाहिँ चाडपर्व मनाउने शैलीमा केही प्रभाव पार्न सक्छ।

खाडी मुलुकमा लाखौँको सङ्ख्यामा रहेका नेपालीहरू त्यहाँको सार्वजनिक बिदा पारेर दशैँ र तिहार जस्ता ठूला पर्व मनाउने गरेको बताउँछन्।

मुस्लिम बहुल ती देशहरूमा पहिलाको तुलनामा केही वर्षयता नेपाली चाडपर्व मनाउन सहज हुन थालेको कतिपय बताउँछन्।

यसै सन्दर्भमा हामीले खाडी मुलुकमा विगत १८ वर्षदेखि कार्यरत काभ्रेपलाञ्चोकका रमेश भण्डारीसँग कुराकानी गरेका छौँ।

हाल साउदी अरेबियाको रियादमा रहेका उनलाई हाम्रा साथी गनी अन्सारीले सबभन्दा पहिला सोधेका थिए- नेपालको तुलनामा खाडी मुलुकमा चाडपर्व मनाउँदा कस्तो अनुभूत हुन्छ?