हत्कडी प्रचण्डजीहरूलाई लगाउनुपर्ने हो: खड्गबहादुर विश्वकर्मा

भिडिओ क्याप्शन सुरु हुँदैछ, खड्गबहादुर विश्वकर्मा

नेत्रबहादुर चन्दको नेतृत्वमा रहेको पूर्वमाओवादीहरू सम्मिलित दलका प्रवक्ता खड्गबहादुर विश्वकर्मा केही समयअघि सर्वोच्च अदालतको आदेशपछि प्रहरी नियन्त्रणबाट छुटेका छन्।

अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दामा मुक्त गर्न आदेश दिएको भए पनि उनी विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पटकपटक पक्राउ परेका थिए।

बीबीसीसँगको यो अन्तर्वार्तामा उनले सशस्त्र सङ्घर्ष छोडेर मूलधारको राजनीतिमा आउनेक्रममा उनको पुरानो दल माओवादीले कसरी हतियार व्यवस्थापन गर्‍यो र अहिले किन नयाँ सङ्घर्षको आवश्यकता प‍र्‍यो भन्नेबारे बोलेका छन्।

उनी भन्छन्, "खास हत्कडी लगाउनुपर्ने र कारबाही गर्नुपर्ने प्रचण्डजीहरूलाई र प्रतिक्रान्तिकारी नेताहरूलाई हो ...। जनताले अब गर्छन्...।"

हेर्नुहोस् यो भिडिओ।