कुपन्डोलको गुरुद्वारामा नेपाली मूलका पाँच पुजारी
सिख धर्मका प्रवर्तक गुरु नानक पाँच सय वर्षअघि काठमाण्डू उपत्यका आएका थिए भन्ने मान्यता छ।
सिखहरूले भने १८ औँ शताब्दीदेखि नेपालमा बसोबास गर्न थालेका हुन्। तर उनीहरूका वंशजको जनसङ्ख्या भने सानो छ।
काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा सिखहरूका केही मठ र गुरुद्वाराहरू छन्।
कुपन्डोलस्थित गुरुद्वारामा भएका छ ज्ञानी अर्थात् पुजारीमध्ये पाँच जना धर्मपरिवर्तन गरेर सिख बनेका नेपाली मूलका व्यक्तिहरू हुन्।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: कमल परियार