कहाँ बस्छन् विश्वका सबैभन्दा धेरै अर्बपति

अर्बपति

तस्बिर स्रोत, Getty Images

एउटा अध्ययन प्रतिवेदन अनुसार ५० करोड डलरभन्दा बढीको सम्पत्ति हुने मानिस अर्बपतिको सूचीमा सामेल हुन्छन्। यदि तपाईँसँग त्यति पैसा भयो भने तपाईँ कहाँ बस्न रुचाउनुहुन्छ?

नाइट फ्र्याङ्क एलएलपीले त्यसबारे सन् २००९ देखि जान्ने प्रयत्न गर्दै आएको छ।

'रियल स्टेट' तथा परामर्शदाता उक्त एजेन्सीको स्थापना सन् १८९६ मा लण्डनमा भएको हो।

सो एजेन्सीको हालैको एउटा अध्ययन प्रतिवेदन अनुसार ५० करोड डलर बराबरको सम्पत्तिका अधिकांश मालिकहरू उत्तर अमेरिकी महाद्वीपमा बस्छन्।

सर्वेक्षण

त्यसमध्ये सबैभन्दा बढी (३१ दशमलव ८ प्रतिशत) अमेरिका र क्यानाडामा बस्छन्।

त्यसपछि एशियामा २८ दशमलव १ प्रतिशत र युरोपमा २४ दशमलव ४ प्रतिशत बस्छन्।

बाँकी १५ प्रतिशत मध्य एशिया, अष्ट्रेलिया, रुस र राष्ट्रमण्डलका स्वतन्त्र देश (सीआईएस), ल्याटिन अमेरिका र अफ्रिकामा बस्छन्।

प्रतिवेदन तयार पार्न उक्त एजेन्सीले वेल्थ-एक्स नामक एउटा अन्तर्राष्ट्रिय डेटा कम्पनीबाट जानकारी लिएको थियो।

अर्बपति

तस्बिर स्रोत, Getty Images

उक्त डेटा कम्पनीले कैयौँ विलासी ब्राण्ड, गैरसरकारी तथा शिक्षण संस्थाहरूसँग काम गर्दै आएको छ।

त्यसबाहेक प्रतिवेदनका लागि विश्वका पाँच सयभन्दा बढी ब्याङ्कहरूबारे गरिएको सर्वेक्षणबाट जानकारी लिइएको थियो।

ती ब्याङ्कहरूले विश्वका ती ५० हजार मानिससँग पनि कारोबार गर्छन्, जसको कुल सम्पत्ति ३ अर्ब डलरभन्दा बढी छ।

प्रमुख १० देश

उक्त रिपोर्ट अनुसार बढी अर्बपति रहेका प्रमुख १० मुलुकमा अमेरिका, चीन, जर्मनी, जापान, हंगकंग, क्यानाडा, स्वीट्जरल्याण्ड, फ्रान्स, रुस, सीआईएस मुलुकहरू र ब्रिटेन रहेका छन्।

हुन त अमेरिका र दोस्रो स्थानमा रहेको चीनका अर्बपतिहरूको सङ्ख्यामा ठूलो अन्तर छ।

अमेरिकामा चीनको तुलनामा १,३४० जना बढी अर्बपति छन्। अमेरिकामा अर्बपतिहरूको सङ्ख्या १,८३० छ। ११ औँ स्थानमा रहेको भारतमा २०० अर्बपति छन्।

अर्बपति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एमजनका संस्थापक जेफ बेजोस

सन् २०१६ र २०१७ को बीचमा अर्बपतिहरूको सङ्ख्या सबैभन्दा बढी हंगकंगमा (२३ प्रतिशतले) बढेको छ। ब्रिटेनमा चार प्रतिशतले कम भएका छन्।

भारतमा सन् २०१६ र २०१७ को बीचमा १८ प्रतिशतले अर्बपति बढेका छन्।

हामी स्पष्ट रूपमा भन्न सक्छौँ कि अर्बपतिहरूसँग एकभन्दा बढी सम्पत्ति हुन्छ र उनीहरू विश्वका कैयौँ स्थानमा बस्छन्।

दुइटा नागरिकता

उक्त अध्ययन प्रतिवेदनका लागि ५०० निजी ब्याङ्कर्सहरूसँग अन्तर्वार्ता गरिएको थियो।

अन्तर्वार्तामा उनीहरूले ५० करोड डलरभन्दा बढी सम्पत्ति भएका आफ्ना सेवाग्राहीसँग कम्तीमा तीनवटा घर भएको बताएका थिए।

उनीहरूमध्ये औसत चारवटा घर भएका अर्बपति सबैभन्दा बढी मध्य एशियामा भएको पाइयो भने सबैभन्दा कम घर अर्थात् औसत दुईवटा घर भएका अर्बपतिहरू अफ्रिकामा बस्ने गरेका छन्।

अर्बपति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतीय अर्बपति मुकेश अम्बानी

त्यसबाहेक अर्बपतिहरूसँग दुईवटा देशको नागरिकता हुने गरेको कुरा सामान्य भएको पाइएको थियो

सो प्रतिवेदन अनुसार रुसी ब्याङ्कका सेवाग्राहीमध्ये ५८ प्रतिशतसँग दुईवटा देशको नागरिक भएको पाइएको थियो।

त्यस्तै ४१ प्रतिशत ल्याटिन अमेरिकी र ३९ प्रतिशत मध्य एशियाली अर्बपतिहरूसँग दुईवटा देशको नागरिकता भएको पाइएको थियो।

नाइट फ्याङ्क एलएलपीले अर्बपतिहरूको आफ्नो सूचीमा १०० डलर बराबरको सम्पत्ति भएका २२०८ जनालाई समावेश गरेको छ।