‘केन्याको क्लबबाट २१ नेपाली महिलाको उद्धार’

बीबीसी नेपाली

केन्याको प्रहरीले भनेको छ उसले राजधानी नाइरोबीको बाहिरी भेगमा रहेका दुईवटा क्लबमा छापा मारेर २१ जना नेपाली महिलाको उद्धार गरेको छ।

ती महिलालाई शोषणका निम्ति केन्यामा बेचबिखन गरिएको उसले जनाएको छ।

बेचबिखनको शंकामा तीनजनालाई पक्राउ गरिएको छ।

गिरोह

प्रतीकात्मक तस्वीर
तस्बिरको क्याप्शन, प्रतीकात्मक तस्वीर

प्रहरीले मानव बेचबिखनको अन्तर्राष्ट्रिय गरोहसँगको सम्भावित सम्बन्धको छानबिन गरिरहेको छ।

यसै वर्षको जनवरी महिनामा मोम्बासा शहरबाट सातजना नेपाली र तीनजना भारतीय युवतीको उद्धार गरिएको थियो।

अभियानकर्मीहरूका अनुसार हरेक वर्ष हजारौं नेपाली महिला र बालबालिका बेचबिखनमा पर्छन्। ती मध्ये कैयौंलाई छिमेकी भारत वा अन्य देशमा यौनधन्दामा लाग्न बाध्य पारिन्छ।

नेपाली महिलाहरूलाई अफ्रिकी मुलुकहरूमा बेचबिखन गरि खासगरी डान्सबार जस्ता क्षेत्रमा काम गर्न बाध्य पार्ने गरिएको बताइन्छ।