मुम्बईमा प्लास्टिक प्रतिबन्धित, नियम मिचे २५ हजार जरिवाना

प्लाष्टिक

तस्बिर स्रोत, Getty Images

Published

भारतको मुम्बई शहरले फोहोर उत्पादनमा कमी ल्याउने प्रयास स्वरूप प्लास्टिकमा प्रतिबन्ध लगाएको छ।

प्रतिबन्ध लगाइएका सामानहरूमा प्लास्टिकका थैली, एकपटकमात्रै प्रयोग गरिने प्लास्टिकको बट्टा र भान्सामा प्रयोग हुने प्लास्टिकका सामाग्रीहरू छन्।

प्रतिबन्ध उल्लंघन गर्नेलाई २५ हजार भारतीय रुपैयाँ सम्म जरिवाना तिर्नुपर्नेछ।

आजदेखि लागू गरिएको यस्तो प्रतिबन्धले खासगरी खानेकुराहरू अर्डर अनुसार पुर्याइदिने रेस्टुराँहरूलाई नराम्ररी असर गर्ने ठानिएको छ।

प्लाष्टिक

तस्बिर स्रोत, Getty Images

स्वागत

भारतमा यसरी बृहत रूपमा प्लास्टिकमाथि प्रतिबन्ध लगाउने महाराष्ट्र पहिलो राज्य बनेको छ।

यद्यपि अन्य राज्यहरूले यसअघि आंशिक रुपमा प्रतिबन्ध लगाएका थिए।

सरकारको यस्तो कदमको वातावरणविद्‌हरूले स्वागत गरेका छन्।

तर कतिपय आलोचकहरूले चाहिँ प्रतिबन्धले झण्डै ९ अर्ब डलर प्लास्टिक उद्योगलाई नराम्ररी असर गर्ने बताएका छन्।