सबैभन्दा वृद्ध सुमात्रन ओराङ्गुटनको मृत्यु

वृद्ध ओराङ्गुटन

तस्बिर स्रोत, ALEX ASHBURY/ PERTH ZOO

Published

विश्वकै सबैभन्दा वृद्ध सुमात्रन ओराङ्गुटनको ६२ वर्षको उमेरमा एउटा अस्ट्रेलियाली चिडियाखानामा मृत्यु भएको छ। उनका ५४ वंशज जीवित छन्।

बुढ्यौलीसँग सम्बन्धित जटिलता बढेपछि प्वान नाम गरेकी पोथी ओराङ्गुटनलाई पर्थ जूमा सोमवार चिरनिद्रामा सुताइएको हो।

प्वानलाई सन् १९६८ देखि सो चिडियाखानामा राखिएको थियो।

सन् २०१६ मा गिनिस वर्ल्ड रेकर्ड्सले उनलाई आफ्नो प्रजातिको वृद्धतम जनावरका रूपमा मानेको थियो।

सो चिडियाखानाका अनुसार गम्भीर सङ्कटापन्न सुमात्रन ओराङ्गुटनको आयु प्राकृतिक वासस्थानमा ५० वर्ष पनि पुग्दैन।

पुआन ओराङ्गुटन

तस्बिर स्रोत, PERTH ZOO

प्वानको जन्म सन् १९५६ मा इन्डोनेशियाको सुमात्राको वनमा भएको विश्वास गरिन्छ।

उनका ११ सन्तान र तिनबाट जन्मेका समेत गरेर ५४ वंशजहरू अमेरिका, युरोप र अन्यत्र छरिएका पर्थ जूले जनाएको छ।

उनका केही वंशजहरूलाई सुमात्राका वनक्षेत्रमा छाडिएको छ।

विश्व वन्यजन्तु कोषका अनुसार हाल सुमात्रन ओराङ्गुटनको सङ्ख्या १४,६०० जति छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, लोपोन्मुख वन्यजन्तु