किम-ट्रम्प भेटवार्ताको अर्थ

वार्ता

तस्बिर स्रोत, Reuters

Published

सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको शिखर वार्ता सफल भएमा त्यसको श्रेय ट्रम्प आफैँले लिन सक्छन्।

ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाउँदै उत्तर कोरियाविरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिँदै निरन्तर दबाब दिएका थिए।

वार्ताको परिणाम जस्तो आए पनि ट्रम्पले यस्तै विषयहरू अघि सार्ने विश्लेषणहरू भइरहेका छ्न्।

किमका लागि चाहिँ अमेरिकी राष्ट्रपतिसँग एउटै मञ्चमा सँगै देखिनु नै एक प्रकारको विजय हो।

'विजय'

त्यस्तो अवसर न उनका बुवालाई प्राप्त भएको थियो न हजुरबुवालाई नै।

उत्तर कोरियाको आँखामा यस्तो खालको शिखर बैठकले त्यहाँको नेतालाई अझै धेरै वैधता प्रदान गर्दछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, शिखरवार्ताबाट के चाहन्छन् किम?

वर्षौँ अघिसम्म उत्तर कोरियालाई एउटा अनौठो खालको देशका रूपमा हेर्ने गरिन्थ्यो।

तर अहिले त्यहाँका नेता किमलाई विश्व नेताका रूपमा चित्रित गर्न थालिएको छ।