तस्बिरमा शाही विवाह २०१८

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह समारोह विन्ड्सरस्थित सेन्ट जोर्जेज च्यापलमा सम्पन्न भएको छ। केही तस्बिरहरू -

शाही विवाह

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, मेगन मार्कलले केही महिनाअघि आफूहरू दुई जना मात्रै भएका बेला राजकुमार ह्यारीले लन्डनस्थित केन्जिङटन प्यालेसमा उनको निवासमा हीराको औँठी दिँदै विवाहको प्रस्ताव राखेको बताएकी छन्।
मेगन मार्कल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।
शाही विवाह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए। अस्वस्थताका कारण मार्कलका पिता विवाह समारोहमा उपस्थित हुन सकेनन्।
शाही विवाह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए भने वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए।
शाही विवाह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत नोभेम्बर महिनामा राजकुमार ह्यारी र मेगन मार्कलले विवाहको निधो भएको घोषणा गरेका थिए।
डचेस अफ क्याम्ब्रिज

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बेहुलाकी भाउजू तथा राजकुमार विलिमयकी पत्नी डचेस अफ क्याम्ब्रिज केट राजपरिवारका बालसदस्यलाई लिएर विवाह समारोहमा गएकी थिइन्।
विवाहपछि ह्यारीले ड्युक अफ ससेक्स तथा मार्कलले डचेस अफ ससेक्सको उपाधि पाएका छन्।

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, विवाहपछि ह्यारीले ड्युक अफ ससेक्स तथा मार्कलले डचेस अफ ससेक्सको उपाधि पाएका छन्।
विवाह समारोहमा बेहुलाकी हजुरामा महारानी एलिजाबेथ तथा हजुरबुवा ड्युक अफ एडिन्बरा पनि उपस्थित थिए।

तस्बिर स्रोत, SNS

तस्बिरको क्याप्शन, विवाह समारोहमा बेहुलाकी हजुरामा महारानी एलिजाबेथ तथा हजुरबुवा ड्युक अफ एडिन्बरा पनि उपस्थित थिए।
जर्ज क्लूनी र उनकी पत्नी अमाल क्लूनी

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, हलिवूडका जर्ज क्लूनी र उनकी पत्नी अमाल क्लूनीलगायत विभिन्न क्षेत्रका हस्तीहरू पनि समारोहमा उपस्थित थिए।
Guests, including Oprah Winfrey and Idris Elba, have begun arriving at St George's Chapel, Windsor Castle

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, अमेरिकाकी चर्चित टेलिभिजन प्रस्तोत्री ओप्रा विन्फ्रे र इड्रिस एल्बा अरू अतिथिहरूसँगै विवाह समारोहस्थलमा पुगेका थिए।
शाही विवाह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उनीहरूको विवाह समारोहमा विभन्न चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
शाही विवाह

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, सुरुदेखि नै राजकुमार ह्यारी र मेगनले उनीहरूले आफ्नो विवाहलाई समावेशी समारोह बनाउन चाहेको बताएका थिए। शनिवारको समारोहमा राजनीतिक नेताहरूलाई भने निम्त्याइएको थिएन।
शाही विवह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो।
बेहुलीका आमा डोरिया (देब्रे) बेहुलाका बुवा तथा प्रिन्स अफ वेल्स चार्ल्स एवम् डचेस अफ कोर्न्वलसँग विवाह सम्पन भएपछि।

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, बेहुलीका आमा डोरिया बेहुलाका बुवा तथा प्रिन्स अफ वेल्स चार्ल्स एवम् डचेस अफ कोर्न्वलसँग विवाह सम्पन भएपछि।
विवाह सम्पन्न भएपछि ड्युक अफ ससेक्स उपाधि पाएका राजकुमार ह्यारी र उनकी पत्नी मर्कल बग्गीमा चढेका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विवाह सम्पन्न भएपछि ड्युक अफ ससेक्स उपाधि पाएका राजकुमार ह्यारी र उनकी पत्नी मर्कल बग्गीमा चढेका थिए।
विवाह समारोहमा राजकुमार ह्यारीले सैनिक पोसाक लगाएका थिए।

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, विवाह समारोहमा राजकुमार ह्यारीले सैनिक पोसाक लगाएका थिए।
नवविवाहित शाही जोडी हेर्न सयौँ मानिसहरू सडका दुई किनारामा उभिएका थिए।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नवविवाहित शाही जोडी हेर्न सयौँ मानिसहरू सडका दुई किनारामा उभिएका थिए।