मुस्लिम भएर पनि उनको नाम कसरी हिन्दूको जस्तो रह्यो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, आफ्नो नामबारे लालबाबु राउत

प्रदेश नं. २ का मुख्यमन्त्रीको औपचारिक नाम लालबाबु राउत हो। यही नामबाट उनी राजनीतिमा चिनिएका हुन्।

तर केही समययता उनले आफ्नो नाम अगाडि मोहम्मद र थरपछाडि गद्दी लेख्न थालेर आफू मुसलमान भएको जनाउ दिएका छन्।

मुसलमान परिवारमा जन्मिएर पनि उनको नाम कसरी हिन्दूको जस्तो रह्यो?

उनको नाम, परिवार र परिवेशबारे हाम्रा सम्वाददाता गनी अन्सारीले गरेको कुराकानीको सम्पादित अंश।