विभाजनलाई पार गर्दा: बाँच्दा विभाजित, मरेपछि सँगै

भिडिओ क्याप्शन सुरु हुँदैछ, पाकिस्तानको चिहान

पाकिस्तानको नोर्थ्‌वेस्ट फ्रन्टीर प्रोभिन्समा गत दशकदेखि हिंसा र बम आक्रमणहरू हुँदै आएका छन्।

तर अतिवाद र विभाजनमा जेलिएको भए पनि फरक धार्मिक र राजनीतिक आस्था भएका समुदाय र व्यक्तिहरू एक ठाउँमा सँगै पुग्छन्।

डेरा इस्माइल खानस्थित शाह मुनावर सइद चिहानमा आत्मघाती तालिबान बम आक्रमणकारीहरूलाई तिनले मारेका मानिसहरूसँगै गाडिएको छ।

यो चिहान मुसलमान, हिन्दु, ईसाई र सिखहरूले पनि प्रयोग गर्ने गरेका छन्।

क्रसिङ् डिभाइड्स् - विभाजनलाई पार गर्दा

यो सामग्री बीबीसीको 'क्रसिङ् डिभाइड्स्' शृङ्खलाअन्तर्गत तयार पारिएको हो। यो शृङ्खलामा समाज विभाजित भए पनि मानिसहरू कसरी संयोजित हुन्छन् भनेर देखाउन खोजिएको छ।

यसमा भिन्न राजनीतिक आस्था र धार्मिक मान्यता भएका वा भिन्न जात, वर्ग र पुस्ताका मानिसहरूको अनुभव प्रस्तुत गरिन्छ।