विभाजनलाई पार गर्दा: प्रभावकारी सम्वाद कसरी गर्ने?
के हामी एकअर्काका कुरा राम्ररी सुन्छौँ? के राजनीतिक विभाजन र सामाजिक सञ्जालको परिधिले हामीलाई अरूको कुरा नसुन्ने बनाइदिएका छन्?
विवाद हुँदा कसरी प्रभावकारी ढङ्गले एकअर्काका कुरा सुन्ने विशेषज्ञका सुझावका आधारमा त्यसको मार्गदर्शन यहाँ गरिएको छ।
(चित्रलेखन: एलिस ग्रेनी)
क्रसिङ् डिभाइड्स् - विभाजनलाई पार गर्दा
यो सामग्री बीबीसीको 'क्रसिङ् डिभाइड्स्' शृङ्खलाअन्तर्गत तयार पारिएको हो। यो शृङ्खलामा समाज विभाजित भए पनि मानिसहरू कसरी संयोजित हुन्छन् भनेर देखाउन खोजिएको छ।
यसमा भिन्न राजनीतिक आस्था र धार्मिक मान्यता भएका वा भिन्न जात, वर्ग र पुस्ताका मानिसहरूको अनुभव प्रस्तुत गरिनेछ।