श्रीदेवीको मृत्यु 'दुर्घटनावश बाथटबमा डुबेर'

श्रीदेवी

तस्बिर स्रोत, AFP/GETTY IMAGES

चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ।

होटलको कोठामा बाथटबमा अचेत भएपछि डुबेर उनको मृत्यु भएको शवपरीक्षणको विवरणमा उल्लेख छ।

यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो।

उनी आफन्तको विवाह समारोहमा सहभागी हुन सपरिवार यूएईको दुबई गएकी थिइन्।

पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्।

बलिवूडका हस्तिहरू, खेलकुदमा नाम कमाएका व्यक्तित्वहरू र शीर्षस्थ राजनीतिज्ञहरूले उनको मृत्युमा शोक व्यक्त गरेका थिए।

कारण निर्क्योल

दुबईको सरकारी सञ्चार कार्यालयले श्रीदेवीको शवपरीक्षणको विश्लेषण सम्पन्न भएको र मृत्युको कारण निर्क्योल भएको जनाएको छ।

अधिकारीहरूका अनुसार उनको मृत्युको केस नियमित कानुनी प्रक्रिया अगाडि बढाउन दुबईको सार्वजनिक अभियोक्तालाई हस्तान्तरण गरिएको छ।

मृत्युको कारण उल्लेख भएको शवपरीक्षणको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतावासलाई उपलब्ध गराएको 'गल्फ न्यूज'ले जनाएको छ।

'गल्फ न्यूज' का अनुसार श्रीदेवीको शव स्वदेश फर्काउन केही समय लाग्न सक्छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

अन्त्येष्टिमा ढिलाइ?

यसअघि उनको शव सोमवार भारत लगिने अपेक्षा गरिएको थियो।

अन्त्येष्टिपूर्व उनलाई श्रद्धाञ्जली दिन मुम्बईस्थित उनको घरबाहिर ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका छन्।

दुबई सरकारको ट्विटमा विषसँग सम्बन्धित परीक्षणका बारे केही उल्लेख गरिएको छैन।

शवपरीक्षणको पूर्ण विवरण सार्वजनिक गरिएको छैन।

तर यसले हृदयाघातबारे आएको प्रारम्भिक विवरण र विधिविज्ञान विवरणमा देखिएको 'दुर्घटनावश भएको डुबाइ' को के सम्बन्ध हुनसक्छ त्यो स्पष्ट पार्ने अपेक्षा गरिएको छ।