युवा आप्रवासी व्यवस्था रद्द नगर्न आग्रह

आप्रवासी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डाका आप्रवासी कार्य्रकमको पक्षमा समर्थन व्यक्त गर्न लस एन्जलसमा आयोजित प्रदर्शन

अमेरिकामा एकजना बरिष्ठ रिपब्लिकन नेता प्रतिनिधि सभाका सभामुख पल रायनले राष्ट्रपति ट्रम्पलाई कागजपत्र नभएका युवा आप्रवासीलाई उनीहरुकै देश फर्काउनबाट रोक्ने व्यवस्था रद्द नगर्न आग्रह गरेका छ्न।

आगामी हप्ता ट्रम्पले गर्ने घोषणाका बेला डाका भनिने उक्त कार्यक्रम राष्ट्रपति ट्रम्पले रद्द गरिदिनेछन् भन्ने अनुमान गरिएको छ।

डाकाले अमेरिकामा गैर कानुनी रुपमा ल्याइएका बच्चालाई अस्थायी आवास उपलब्ध गराउँछ।

डाकाले सयौं हजार तथाकथित "सपना देख्नेहरुलाई" लाई देश फर्काउनबाट रोक्छ र उनीहरुलाई काम र पढाइको अनुमति दिन्छ।

मानवीय समाधान

राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका बेला उनले तत्काल उक्त कार्यक्रमलाई तत्काल बन्द गर्न चाहेको बताएका थिए।

ह्वाइट हाउसले मंगलबार त्यसबारे घोषणा गर्ने बताएको छ।

सभामुख रायनले भने बरु कंग्रेसले त्यसमा भएका कमी कमजोरी सच्याउनुपर्छ।

रायनले ह्वाइटहाउससँग कुराकानी भएको र राष्ट्रपतिले त्यसको मानवीय समाधान चाहेको बताए।

राष्ट्रपतिले चुनावका बेला डाका कार्यक्रम बन्द गर्न चाहेको बताए पनि त्यस यता उनले उक्त विषय असाध्यै कठीन रहेको बताउँदै आएका छन्।

डाका कार्यक्रमबाट करिब ७ लाख ५० हजार मानिसलाई संरक्षण गरेको बताइन्छ जसमा बहुसंख्यक मेक्सिको र अरु ल्याटिन अमेरिकी मुलुकका नागरिक छन्।