श्रीलंका र चीनबीच हम्बनटोटा बन्दरगाह संझौता

तस्बिर स्रोत, AFP
श्रीलंकाले चीनसँग एउटा समुन्द्री बन्दरगाह हम्बनटोटा विकास तथा नियन्त्रण गर्ने आयोजनाका लागि १.१अर्ब डलरको संझौतामा हस्ताक्षर गरेको छ।
बन्दरगाह चिनियाँ सेनाले प्रयोग गर्न सक्ने भन्दै व्यापक विरोध भएपछि संझौता पछाडि धकेलिएको थियो।
श्रीलंका सरकारले उक्त क्षेत्रमा चीनले व्यापारिक कारोबार मात्र गर्ने विश्वाश दिलाएको छ।
यो बन्दरगाह एशिया र युरोपको समुन्द्री सामान ओसार पोसार गर्ने मुख्य मार्गको निकटमा पर्छ।
'ऋण तिर्ने'
श्रीलंका सरकारले संझौताबाट आउने रकम विदेशी ऋण तिर्न खर्च गरिने बताएको छ।

प्रस्ताव अनुसार चिनियाँ राज्य सञ्चालित कम्पनीले ९९ वर्षका लागि लीजमा उक्त बन्दरगाह र नजिकै १५०० एकड जमीन औद्योगिक क्षेत्रका लागि प्राप्त गर्नेछ।
प्रस्तावबाट हजारौं गाउँलेहरु विस्थापित हुनेछन् तर सरकारले उनीहरुलाई नयाँ जमिन दिने भनेको छ।
चीनले श्रीलंकामा गृह युद्ध अन्त्य भए यता सन २००९ देखि त्यहाँको भौतिक संरचनामा ठूलो रकम लगानी गरेको छ।
यो प्रस्तावलाई क्षेत्रीय व्यापार प्रतिस्पर्धीहरु जापान र भारतले चासोका साथ हेरिरहेका छन्।
शुक्रबार प्रधानमन्त्री रनील विक्रमसिंघेले पत्रकारहरुसँग भनेका थिए, "हामी सुरक्षामा कुनै प्रभाव नपर्ने गरी मुलुका लागि राम्रो संझौता गर्दैछौं।"








