रुसी आक्रमणले सर्वसाधारण निकास कार्य अवरुद्ध भएको युक्रेनको दाबी

रुसले मारिऊपोल, खार्किभ र अन्य प्रमुख सहरहरूमा निकास मार्ग प्रस्ताव गरेको भए पनि ती ठाउँहरूमा बम आक्रमण जारी रहेको युक्रेनी अधिकारीहरूले बताए।

लाइभ कभरेज

  1. को हुन् पुटिनका विशेष सहयोगी जसले युक्रेन युद्धको योजना बुने

  2. युक्रेन रुस तनाव

    युक्रेन-रुस युद्धसम्बन्धी लाइभ पेजमा हामीले सोमवार दिनभरिका युक्रेन-रुस युद्धसम्बन्धी घटनाक्रमहरू राख्यौँ।

    शुभरात्री।

  3. रुससँग तेस्रो चरणको वार्ता गर्न युक्रेनी टोली बेलारुसमा

    बेलारुसका स्थानीय सञ्चारमाध्यमले रुससँग तेस्रो चरणको वार्ता गर्न युक्रेनी टोली बेलारुस आइपुगेको विवरण प्रकाशित गरेका छन्।

    शान्ति स्थापना गर्न कुनै प्रगति हासिल नगरी यसअघि गरिएका दुई चरणका वार्ता टुङ्गिएका थिए। युक्रेनी नागरिकहरूलाई सैन्य कारबाहीबाट जोगिन अन्यत्र जान दिन निकास मार्ग प्रदान गर्ने विषयमा वार्ता केन्द्रित हुने बुझिएको छ।

    रुसले युक्रेनका दक्षिणी र पूर्वी भाग सहरहरूमा गोलाबारी जारी राखेको छ।

    शनिवार त्यस्तो मार्ग स्थापित गर्ने विषयमा भएका प्रयासहरू युद्धविराम हुन नसक्दा विफल भएका थिए।

    आइतवार राति रुसले गरेको अर्को प्रस्ताव युक्रेनले अस्वीकार गरेको छ। रुसले युक्रेनीहरूलाई किएभबाट जाने मानिसलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको स्पष्ट भएपछि युक्रेनले उक्त प्रस्तावलाई "अनैतिक" भनेको छ।

    रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट १७ लाख मानिस अन्यत्र गइसकेका छन्।

  4. क्राइमियालाई रुसी भूभाग माने युक्रेनमाथि सैन्य कारबाही रोकिन सक्ने

    युक्रेन

    यदि युक्रेनले रुसका सर्तहरू माने "कुनै बेला पनि" जारी सैन्य कारबाही बन्द गर्न सक्ने रुसले बताएको छ।

    क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार त्यसका लागि युक्रेनले क्राइमियालाई रुसी भूभाग तथा डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्नुपर्छ।

    त्यसबाहेक युक्रेनले आफ्नो संविधान संशोधन गरेर कुनै गठबन्धन (जस्तै - नेटो) मा प्रवेश नगर्ने निश्चित गर्नुपर्ने उनको भनाइ छ।

    त्यसो भयो भने रुसले युक्रेनमा "असैनिकीकरण" गर्नेछ र रुसी सैन्य कारबाही "जुनसुकै बेला पनि रोकिन सक्छ"।

    उनले रुसले युक्रेनको थप भूभागमा आफूले दाबी गर्न नखोजेको कुरामा जोड दिए।

    रुसले सन् २०१४ को मार्चमा क्राइमिया गाभेको थियो अनि केही सातापछि पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्स्क क्षेत्रमा रुसलाई समर्थन गर्ने पृथक्तावादी समूहहरूलाई समर्थन गरेको थियो।

  5. धेरैले युक्रेनबाट निकास मार्ग खोज्दा किएभ शान्त छ,

    युक्रेन युद्ध

    तस्बिर स्रोत, Reuters

    सर्वसाधारणलाई युक्रेनबाट बाहिर निस्कने बाटो खोलिदिनु अत्यावश्यक भएको छ।

    रुसी सेनाद्वारा घेरिएको दक्षिणी बन्दरगाह सहर मारिऊपोलमा बिजुली र पानी उपलब्ध छैन। मानिसहरूमा खाद्य सामाग्रीको अभाव भएको छ र शवहरू सडकमै लडिरहेका छन्।

    इरपिनसहित राजधानी बाहिरका अन्य ठाउँहरूमा लगातार रुसी प्रहार भइरहेको छ।

    तर सुरक्षित निकासका लागि प्रस्तावित ६ वटा मार्गमध्ये चार वटा पूर्वमा रुसतर्फ सोझिन्छ वा उत्तरमा त्यस देशको प्रमुख सहयोगी बेलारुसतर्फ सोझिन्छ।

    युक्रेनले यसरी बाटो खोलिने प्रस्तावलाई "पूर्ण रूपमा अनैतिक" भन्दै आलोचना गरेको छ।

    रुसी आक्रमणको १२ औँ दिनमा रुसी अस्त्रले ब्ल्याक सी नजिकैको अर्को दक्षिणी सहर माइकोलाइभको आवासीय क्षेत्रहरूमा प्रहार भइरहेको छ। युक्रेनी सेनाका अनुसार पूर्वमा चुहुइभ सहर पुनः उनीहरूले कब्जा गरेका छन्।

    यस्तो रक्तपातपूर्ण अवस्थाका बाबजुद राजधानी किएभको केन्द्र अझै पनि शान्त छ - तर सहरको किनारमा तीव्र लडाइँ र लगातार विस्फोटहरू भएका छन्।

  6. रुसी तेल बहिष्कार गर्न जेलेन्स्कीको आह्वान

    जेलेन्स्की

    तस्बिर स्रोत, EPA

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।

    उनले "रुसले युक्रेनविरुद्धको योजना नत्यागेको" हुनाले "हामीलाई रुसविरुद्ध नयाँ प्रतिबन्धहरू चाहिन्छ" भनेका छन्।

    जेलेन्स्कीले "रुसी निर्यातहरू बहिष्कार गर्न, विशेषगरी रुसको तेल र तेलयुक्त उत्पादनहरूमा रोक लगाउन” आह्वान गरेका हुन्।

    उनले आफ्ना कडा योजनाहरूलाई "प्रतिबन्ध वा केवल नैतिकता” भन्न सकिने बताए।

  7. रुसले युक्रेनको सञ्चार सेवालाई निसाना बनाएको छ- यूकेको रक्षामन्त्रालय

    किएभमा रहेको टिभीको टावर।

    तस्बिर स्रोत, Reuters

    यूकेको रक्षामन्त्रालयले रुसले जानीबुझी युक्रेनको सञ्चार सेवालाई निशाना बनाएको बताएको छ।

    रक्षा मन्त्रालयका गुप्तचरले प्रकाशित गरेको पछिल्लो जानकारी अनुसार, मस्कोले "सम्भवतः युक्रेनी नागरिकहरूको भरपर्दो समाचार र सूचनामा पहुँच कम गर्नको लागि युक्रेनको सञ्चार पूर्वाधारलाई लक्षित गरिरहेको छ।"

    आइतवार खार्किभको एक टेलिभिजनको टावरमा आक्रमण भएको विवरण सार्वजनिक भएको थियो। गत साता किएभमा पनि उस्तै प्रकृतिको आक्रमण भएको थियो।

    “पूर्वाधारमा रुसी आक्रमणको परिणाम स्वरूप, युक्रेनको इन्टरनेट पहुँच पनि प्रभावित हुने सम्भावना उच्च छ,” मन्त्रालयले भन्यो।

    "गत साता मारिऊपोल, सुमी, किएभ र खार्किभमा इन्टरनेट बन्द भएको जानकारी दिइएको छ।"

  8. रुसी विदेशमन्त्रीले युक्रेनी समकक्षीसँग भेटवार्ता गर्ने

    रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ।

    तस्बिर स्रोत, Reuters

    रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले बिहीवार टर्कीको अनटाल्यामा युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट्ने अनुमान गरिएको छ।

    रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा यो भेटवार्ता हुन लागेको हो।

    युक्रेनले त्यहाँको सहरहरूका आवासीय क्षेत्रमा रकेट आक्रमण जारी रहेको र राजधानी किएभले पूर्ण स्तरको आक्रमणको सामना गर्नु पर्ने हुनसक्ने बताएको छ।

    त्यस्तै युक्रेनी र रुसी पक्षबीच केही घण्टामा तेस्रो चरणको वार्ता हुने अपेक्षा गरिएको छ।

    युक्रेनी अधिकारीहरूका अनुसार किएभको समयानुसार दिउँसोको ४ बजे वार्ता सुरु हुनेछ।

  9. 'युक्रेनी राष्ट्रपतिसँग सोझै वार्ता गर्न' पुटिनलाई मोदीको आग्रह

    पुटिन र मोदी

    तस्बिर स्रोत, Getty Images

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सोझै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग वार्ता गर्न आग्रह गरेको समाचार एक सरकारी स्रोतलाई उद्धृत गर्दै रोएटर्स समाचारसंस्थाले प्रकाशित गरेको छ।

    "राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई युक्रेनी र रुसी टोलीबीच भएका वार्ताहरूको अवस्थाबारे जानकारी दिए," ती स्रोतले भने।

    तर यसबारे औपचारिक विज्ञप्ति आउनुअघि ती स्रोतले आफ्नो नाम उल्लेख गर्न मानेनन्।

  10. रुसद्वारा प्रस्तावित निकास मार्ग 'अस्वीकार्य': युक्रेन

    इर्पिन

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, किएभनजिकै रहेको इर्पिनबाट भाग्न खोज्दा आइतवार केही मानिसको मृत्यु भएको थियो

    युक्रेनका उपप्रधानमन्त्री इर्यीना भेरेश्चुकले रुसले प्रस्ताव गरेका छवटा "मानवीय करिडर" आफ्ना लागि अस्वीकार्य भएको बताएकी छन्।

    रुसले प्रस्ताव गरेका छवटा सहरमध्ये मारिऊपोल र सुमीमा मात्र रुसका अरू स्थान जान सकने मार्गहरू छन्। अन्यत्रका मार्गहरू रुस वा बेलारुस जान्छन्। यो युद्धमा बेलारुसले मस्कोलाई साथ दिएको छ।

    "मानवीय करिडर खोल्ने यो अस्वीकार्य तरिका हो," भेरेश्चुकले भनिन्।

    "हाम्रा नागरिकहरू विमानबाट अन्ततः रुस लगिनका लागि किएभबाट बेलारुस जाँदैनन्।"

    आइतवार राति रुसले स्थानीय समयानुसार सोमवार बिहान १० बजेदेखि अस्थायी युद्धविराम गर्ने भन्दै एउटा पत्र पठाएको थियो।

    युक्रेनले ती मार्गबारे आफ्नो सर्तसहित प्रत्युत्तर दियो - विशेषगरी मानिसहरूलाई रुसबाट टाढा पश्चिमी युक्रेनतिर जान दिने बाटो खोलिदिनुपर्ने भन्दै।

    युक्रेनी उपप्रधानमन्त्रीले अमेरिका, यूके र फ्रान्सलाई ती मार्ग स्थापना गर्न सघाउन आग्रह गरेकी छन्।

    युक्रेनी राष्ट्रपतिका एक प्रवक्ताले युक्रेनी नागरिकलाई युक्रेनी भूमिबाटै अन्यत्र जान दिइनुपर्ने बताएका छन्।

  11. मारिऊपोलको निकास मार्गमा विस्फोटक पदार्थ राखिएको थियो: रेड क्रस

    मारिऊपोलमा भएको आक्रमण।

    तस्बिर स्रोत, Reuters

    इन्टरन्याश्नल कमिटी अफ रेड क्रस (आईसीआरसी) का एक निर्देशक डोमिनिक स्टिलहार्ट बीबीसी रेडिओ फोरको कार्यक्रम ‘टुडे’सँग कुरा गर्दै युक्रेनको मारिऊपोलबाट मानिसहरूले अन्यत्र जान प्रयोग गर्न सक्ने सहमति भएको बाटोमा विस्फोटक पदार्थ राखिएको थाहा भएको बताएका छन्।

    कथित ‘मानवीय कोरिडोर’हरू सञ्चालनमा नआउनुको कारणबारे सोध्दा उनले आफूहरू ‘केही दिन’देखि रुस र युक्रेन दुवै पक्षसँग छलफल गरिरहेको बताए। तर युद्धविराम सम्झौताबारे विवरण पुष्टि गर्न बाँकी रहेकाले सर्वसाधारण युक्रेनीलाई आक्रमण भएका सहरहरूबाट निकाल्ने अनुमति दिन समस्या भएको बताए।

    स्टिलहार्टले दुबै पक्षलाई "निश्चित, व्यावहारिक र सटीक" सम्झौतामा ल्याउनु चुनौतीपूर्ण भएको बताए।

    उनले त्यहाँ हालसम्म "सैद्धान्तिक" सम्झौताहरू मात्र भएको र ती धेरै बेर नटिकेको सुनाए। उनका अनुसार ती सम्झौताहरूमा सटीकता, मार्गहरूको जानकारी र त्यसलाई कसले प्रयोग गर्न सक्छन् भन्ने कुरा स्पष्ट थिएन।

    उनले आईसीआरसीका केही कर्मचारी आइतवार मारिऊपोलबाट निस्किनका लागि सम्झौता गरिएको मार्गबाट बाहिर आउने प्रयास गरेको सुनाए। तर तत्काल “निर्धारण गरिएकोमार्गमा विस्फोटक पदार्थ राखिएको थाहा भयो।”

    "त्यसैले दुई पक्षबीच स्पष्ट सम्झौता हुनु महत्त्वपूर्ण छ। त्यसपछि हामी आवश्यक ठाउँमा सहजीकरण गर्न सक्षम हुन्छौँ।“

  12. रुसको प्रस्ताव 'अनैतिक'- युक्रेन

    शरणार्थीहरूलाई बेलारुस वा रुस पठाउन बाटो खोलिदिने रुसको प्रस्ताव ःपूर्णतया अनैतिक" भएको युक्रेनले बताएको छ।

    युक्रेनी नागरिकहरूलाई युक्रेनी भूमिबाट नै आफ्नो घर छोड्न अनुमति दिनुपर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रवक्ताले बताए।

    "जनताको पीडालाई टेलिभिजनमा देखाउने तस्बिरका रूपमा प्रयोग गरिन्छ। यो पूर्ण रूपमा अनैतिक काम हो," रोएटर्स समाचारसंस्थाले ती प्रवक्तालाई उद्धृत गरेको छ।

    उनको लिखित सन्देशमा लेखिएको छ: "उनीहरू युक्रेनका नागरिक हुन् जोसँग यहाँको भूमि छोड्ने अधिकार हुनुपर्छ।"

    यसअघि रुसले युक्रेनका सर्वधारण नागरिकलाई अन्यत्र जान दिनका लागि बाटो खोलिदिने बताएको थियो।

    रुसले ठूलो आक्रमण गरिरहेका किएभ, खार्किभ, मारिऊपोल र सुमी सहरबाट मानिसहरूलाई बाहिर जान दिइने बताइएको हो।

  13. युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ

  14. युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य

  15. तेलका लागि साउदी अरब र भेनेुजएलासँग कुरा गर्ने प्रयासमा अमेरिका

    अमेरिकामा १० प्रतिशत तेल रुसबाट आयात हुन्छ

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, अमेरिकामा झन्डै १० प्रतिशत तेल रुसबाट आयात हुन्छ

    साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्न अमेरिकी राष्ट्रपति चाँडै रियाद भ्रमणमा जाने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको विवरण आएको छ।

    राजनीतिसम्बन्धी सामग्री प्रकाशन गर्ने अमेरिकी समाचारसंस्था एक्जिअसका अनुसार तेलबारे कुरा गर्न जो बाइडनले वसन्तयाममा साउदी अरबको भ्रमण गर्न सक्छन्।

    रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरि उत्पन्न ऊर्जा सङ्कट समाधान गर्न अमेरिकाले सङ्घर्ष गरिरहेको छ।

    यद्यपि ह्वाइट हाउसका एक प्रवक्ताका अनुसार त्यस्तो भ्रमणबारे कुनै घोषणा हुन लागेको छैन। यसबारे धेरै कुरा "अपरिपक्व अनुमान" भएको उनको भनाइ छ।

    अमेरिकी र भेनेजुएलाका अधिकारीहरूबीच पनि तेलमा लागेको प्रतिबन्ध खुकुलो बनाउने विषयमा कुरा भएको विवरण आएको छ।

    न्यूयोर्क टाइम्सका अनुसार रुसी तेलको ठाउँमा भेनेजुएलामा उत्पादित तेल आए अवस्था सहज हुने सुझाव केही अमेरिकी सांसदहरूको छ।

    अहिले अमेरिका आउने हुने कच्चा तेल र पेट्रोलियम पदार्थमध्ये झन्डै १० प्रतिशत रुसबाट आयात हुन्छ।

    आइतवार अमेरिकी सभामुख न्यान्सी पेलोसीले एउटा विज्ञप्ति जारी गर्दै सांसदहरूले रुसलाई एक्लो पार्न "कडा विधायन" बारे विचार गरिरहेको बताएकी थिइन्। त्यसमा रुसी तेल र ऊर्जासम्बन्धी उत्पादनमाथि प्रतिबन्ध पनि पर्छ।

    मौसम परिवर्तनलाई कारण देखाउँदै गत वर्ष बाइडनले क्यानडाबाट अमेरिका आउने तेलको एउटा पाइपलाइन परियोजना कीस्टोन एक्सएल खारेज गरिदिएका थिए।

  16. रुसी सरकारी टीभी स्टेशन ह्याक गरेको अनोनिमसको दाबी

    ह्याकरहरूको समूह अनोनिमसले रुसी सरकारी टीभी प्रसारणको बेला ह्याक गरेर युक्रेनमा जारी युद्धको दृश्य देखाइएको दाबी गरेको छ।

    ट्विटरमा लेख्दै उक्त समूहले रसा ट्वेन्टीफोर, च्यानल वन र मस्को ट्वेन्टीफोर सहितका च्यानल तथा रुसी स्ट्रमीङ सेवा विन्क र इभीमा ह्याक गरेको दाबी गरेको छ।

    बीबीसीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

    अर्को पोस्टमा उक्त समूहले अहिलेसम्मकै सबैभन्दा ठूलो "अनोनिमस अभियान" सञ्चालन गरिएको दाबी गरेको छ। तर केही राष्ट्रका सरकारहरूले आफ्नो कामलाई जोखिम ठानेर बदनाम गर्न "फल्स फ्ल्याग" अभियान सञ्चालन गर्न सक्ने चिन्ता उसले व्यक्त गरेको छ।

    "धेरै शक्तिको ध्यान हामीतिर आकर्षित हुँदा हामीलाई सम्झनुहोस्, किनभने त्यो भएरै छोड्छ," अनोनिमसले भनेको छ।

    "हामी विश्वलाई राम्राका लागि परिवर्तन गर्न सक्छौँ। त्यो नै सधैँको योजना हो।"

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  17. दक्षिण कोरियाद्वारा रुसको केन्द्रीय ब्याङ्कसँग कारोबार बन्द

    दक्षिण कोरिया

    तस्बिर स्रोत, Getty Images

    दक्षिण कोरियाले रुसको केन्द्रीय ब्याङ्कसँग कारोबार बन्द गर्ने घोषणा गरेको छ।

    युक्रेनमा आक्रमण गर्ने रुसी कदमविरुद्ध कडा कारबाही गर्ने पश्चिमा देशहरूको निर्णयलाई साथ दिँदै दक्षिण कोरियाली विदेशमन्त्रीले उक्त घोषणा गरेका हुन्।

    यसअघि संयुक्त राज्य अमेरिकाले रुसी केन्द्रीय ब्याङ्क, अर्थ मन्त्रालय र रुसी सरकारको लगानी भएका कोषहरूसँग कारोबार बन्द गरेको थियो।

    युरोपेली सङ्घ ईयूले पनि रुसविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको छ।

  18. ब्रेकिंग, गैरसैनिक नागरिकलाई अन्यत्र जान दिन 'युद्धविराम'

    युक्रेनका विभिन्न सहरबाट मानिसहरूलाई बाहिर जान सजिलो बनाइदिन सोमवार रुसले बाटो खोलिदिन लागेको विवरण रुसी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

    उक्त युद्धविराम स्थानीय समयानुसार बिहान १० बजे सुरु हुने रुसको रक्षा मन्त्रालयले जनाएको छ।

    रुसले ठूलो आक्रमण गरिरहेका किएभ, खार्किभ, मारिऊपोल र सुमी सहरबाट मानिसहरूलाई बाहिर जान दिइने बताइएको छ।

    यद्पि युक्रेनी अधिकारीहरूले यसको पुष्टि गर्न बाँकी छ।

    सप्ताहान्तमा देशको दक्षिणपूर्वी सहर मारिऊपोलबाट मानिसहरूलाई बाहिर जान दिन बाटो खोल्ने दुईवटा प्रयास असफल भएका थिए।

    युक्रेनी अधिकारीहरूका अनुसार रुसले युद्धविराम गर्ने सहमति गरेको समयमा पनि उक्त सहरमा गोलाबारी कायम राखेको थियो।

    यो पनि हेर्नुहोस्

  19. युद्धविरोधी प्रवचन दिने पादरी रुसमा पक्राउ

    रुसमा आइतवार युद्धविरोधी प्रवचन दिने एक पादरीलाई पक्राउ गरिएको विवरण अभियानकर्मीहरूले दिएका छन्।

    ती पादरीलाई आज अदालतमा पेस गरिने बताइएको छ।

    बीबीसी रुसीका संवाददाता आन्द्रे जाखारोभका अनुसार पादरी जोन बुर्दिनलाई काराबानोभो गाउँमा आयोजित एउटा धार्मिक भेलापछि पक्राउ गरिएको थियो।

    युद्धविरुद्ध धर्मोपदेश दिँदै उनले स्थानीयवासीलाई युक्रेनी सहरहरूमा जारी गोलाबारी र विनाशबारे बताएका थिए।

    यो X पोस्ट छोड्नुहोस्, 1
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 1

    सशस्त्र सैन्य बल प्रयोगको बदनाम गरेको आरोप प्रहरीले उनलाई लगाएको छ। गत साता रुसको संसद्ले त्यसो गर्नुलाई अपराध मानेको छ।

    युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि सरकारले रुसमा विरोध प्रदर्शन दमन गरिरहेको छ। तथापि विभिन्न सहरमा हजारौँ मानिसहरू प्रदर्शनमा सहभागी भएका छन्।

    आइतवार मात्र ४,६०० जनासहित अहिलेसम्म १३,००० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको स्थानीय गैरसरकारी संस्थाका ट्र्याकरहरूले जनाएका छन्।

    आन्द्रेको अर्को ट्वीटले कसरी युद्धविरोधी सन्देशलाई सेन्सर गरिएको छ भनेर देखाउँछः रुसी अधिकारीहरू भुइँमा कोरिएको 'नो वार' लेखिएको सन्देश मेट्न बरफमा रङ्ग पोत्दै।

    यो X पोस्ट छोड्नुहोस्, 2
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 2

  20. ‘मिकोलाइभमा पुन: रुसी गोलाबारी’

    युक्रेनको दक्षिणी तटीय सहर मिकोलाइभमा रुसले पुन: गोलाबारी सुरु गरेको खबर आएको छ।

    स्थानीय अधिकारीहरूले उक्त विवरणबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

    तर स्थानीय “न्यूज-एन” समाचारसंस्थाले स्थानीय समयानुसार बिहान ५ बजेदेखि गोलाबारी सुरु भएको जनाएको छ।

    न्यूयोर्क टाइम्सका एक संवाददाताले पोस्ट गरेको भिडिओ फुटेजमा पनि रातको समयमा आकाशमा विस्फोटन भएको देखिन्छ।

    उनले ट्वीट गर्दै गोलाबारी सहरको पूर्वी क्षेत्रमा केन्द्रित भएको जनाएका छन्।

    युक्रेनी फौजले झन्डै पाँच लाख जनसङ्ख्या भएको उक्त सहरलाई रुसी आक्रमणबाट पुनः नियन्त्रणमा लिएको एक दिनपछि फेरि त्यहाँ रुसी फौजले आक्रमण गरेको खबर आएको हो।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त