ओमानको व्यापारिक बन्दरगाहमा ड्रोन आक्रमण - सरकारी सञ्चारमाध्यम

तस्बिर स्रोत, UGC
ओमानस्थित दुकम बन्दरगाहमा रहेको इन्धन ट्याङ्कमाथि ड्रोन आक्रमण भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
“कुनै पनि किसिमको मानवीय हताहतीबिना उक्त क्षतिलाई नियन्त्रणमा लिइएको छ,” नाम नखुलाइएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारसंस्थाले उल्लेख गरेको छ।
सोही बन्दरगाहलाई सप्ताहान्तमा ड्रोनले निसाना बनाएको थियो। समाचारअनुसार एक जना कामदार घाइते भएका थिए।
उता कतारमा, इरानले आक्रमण गरेपछि सोमबार तरलीकृत प्राकृतिक ग्यासको उत्पादन रोकिएको छ।
साउदी अरबले पनि आफ्नो सबैभन्दा ठूलो घरेलु प्रशोधन केन्द्रमा उत्पादन स्थगित गरेको छ।








