लेबननमा स्थलसेनाले रणनीतिक क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिन्छः इजरेल
इजरेलका रक्षामन्त्री इजरेल काट्जले इजरेली स्थलसेनाले लेबननमा प्रवेश गरी रणनीतिक महत्त्वका थप क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिने बताएका छन्।
उनका अनुसार आफू र प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलको सीमावर्ती क्षेत्रमा बस्ने मानिसहरूमाथि हमला हुन नदिन "आईडीएफलाई कारबाही गर्ने अनुमति दिएको" बताएका छन्।
उनले इजरेलतिर गरेको हमलाको "आतङ्ककारी समूह" हिज्बुल्लाहले चर्को मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन्।







