बोन्डाइ बीचमा बन्दुक खोस्ने 'नायक'लाई अस्पतालमै १६ लाख अमेरिकी डलर चन्दा

भिडिओ क्याप्शन सुरु हुँदैछ, बोन्डाइ बीचमा बन्दुक खोस्ने 'नायक'लाई अस्पतालमै १६ लाख अमेरिकी डलर चन्दा
बोन्डाइ बीचमा बन्दुक खोस्ने 'नायक'लाई अस्पतालमै १६ लाख अमेरिकी डलर चन्दा

गत आइतवार अस्ट्रेलियाको बोन्डाइ बीचमा गोलीकाण्ड हुँदा सन्दिग्ध आक्रमणकारीमाथि जाइ लागेर बन्दुक खोसेका अहमद अल अहमदलाई चन्दा सङ्कलन गरी उठाइएको १६ लाख अमेरिकी डलर हस्तान्तरण गरिएको छ।

उक्त घटनामा उनी घाइते भएकाले उनको उपचार हुँदै छ। अस्पतालको शय्यामै पुगेर उनलाई रकम दिइएको हो।

उनले एउटा हात गुमाउन सक्ने चिकित्सकहरूले बताएका छन्। आइतवारको घटनामा कम्तीमा १५ जनाको ज्यान गएको थियो।

यसै साता अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले पनि अहमदलाई भेट्दै उनलाई "देशका सर्वोत्कृष्ट व्यक्ति" भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।