भूकम्पले ध्वस्त घरमा सालनालसहित फेला परेकी बालिका अहिले कस्ती भइन्
सिरियामा भूकम्पले भत्किएको एउटा घरको भग्नावशेषमा आमा र अन्य आफन्तको शवसँगै सालनालसहित गत फेब्रुअरीमा फेला परेकी बालिका अफ्राको अहिले उनका धर्मआमाबाबुले पालनपोषण गरिरहेका छन्।
ती बालिकालाई जीवितै उद्धार गरिएको दृश्य र समाचारले विश्वभरि ठूलो चर्चा पाएको थियो। त्यसपछि उनलाई पाल्ने इच्छा विश्वभरिका हजारौँ मानिसले व्यक्त गरेका थिए।
तर डीएनए परीक्षण गर्दा अफ्राकी दिवङ्गत आमा र धर्मआमा हलाबीच रगतको साइनो देखियो।
त्यो पुष्टि भएपछि हला र उनका पति खलिलले उनलाई लालनपालन गर्ने अनुमति पाएका हुन्।
खलिल र हलाको घर पनि भूकम्पमा भत्किएको थियो। केही समय शिविरमा बसेका उनीहरू अहिले एउटा भाडाको घरमा बसिरहेका छन्।
हेर्नुहोस् यो भिडिओ।

तस्बिर स्रोत, BBC/ Mohamed Kfarnabel
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



