ग्रीनल्यान्ड हात पार्न ट्रम्पले 'अत्यधिक बल प्रयोग नगर्ने'
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको स्वामित्वमा ल्याउन "तत्काल वार्ता" गर्न खोजेको बताएका छन्।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनमिक फोरमको सम्मेलनमा भाषण गर्दै ट्रम्पले ग्रीनल्यान्ड अधिग्रहण गर्न आफूले बल प्रयोग गर्न नचाहेको र नगर्ने घोषणा पनि गरे।
डाभोसको सम्मेलनमा सहभागी हुन जानुअघि ट्रम्पले ग्रीनल्यान्डको विषयमा अमेरिकाको विरोध गर्ने आठ युरोपेली देशहरूलाई तिनले अमेरिका निर्यात गर्ने वस्तुहरूमा थप १० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



