'महिला पुलिस बन्न हुने, सिट्ठी बजाउन नहुने?'

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘महिला पुलिस बन्न हुने, सिट्ठी बजाउन चाहिँ नहुने?’
'महिला पुलिस बन्न हुने, सिट्ठी बजाउन नहुने?'

नेपालमा अहिले पनि महिलाले सिट्ठी बजाउन हुँदैन भन्ने धारणा कैयौँले व्यक्त गर्ने गरेको पाइन्छ।

पोखराकी ५६ वर्षीया मीनादेवी पोखरेल त्यस्तो मान्यता तोड्दै छन्। केही महिनाअघि एउटा राजनीतिक र्‍यालीमा उनले बजाएको सिट्ठी 'भाइरल' भएको थियो।

"महिला पुलिस बन्न हुने अनि सिट्ठी बजाउन चाहिँ नहुने? हुन्छ सबै थोक। कसले के गर्छ र लौ," पोखरेलले बीबीसी न्यूज नेपालीलाई बताइन्।

महिलालाई सिट्ठी बजाउन निषेध गर्नका लागि परम्परागत कारणहरू अगाडि सार्ने गरिन्छ। काठमाण्डूकी लक्ष्मी न्यौपानेका अनुसार पहिलादेखि नै महिलालाई जे कुरामा पनि बन्देज गर्ने भएर सिट्ठी बजाउन पनि बन्देज गरिएको हुन सक्छ।

तर अचेल त्यस्ता धारणाविपरीत कैयौँ महिला सिट्ठी बजाउनुलाई सामान्य बनाउन सक्रिय देखिन्छन्।

महिलाले सिट्ठी बजाउने विषयमा रहेका सामाजिक तथा परम्परागत पक्ष र यसमा नयाँ पुस्ताको विचारलाई समेटेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।