'अर्काको बच्चा हुर्काउँदै माउ': ध्रुवीय भालुमा देखियो दुर्लभ र मन छुने व्यवहार
उत्तरी क्यानडामा प्राकृतिक वासस्थानमा बस्ने ध्रुवीय भालुहरूको अध्ययन गर्ने क्रममा वैज्ञानिकहरूले एउटा निकै दुर्लभ घटना फेला पारेका छन्। उनीहरूले त्यसलाई "हृदयस्पर्शी"को सङ्ज्ञा दिएका छन्।
उनीहरूले त्यहाँ एउटी पोथी भालुले अर्कै भालुको एउटा बच्चा स्वीकार गरेको र त्यसलाई आफ्नो बच्चासँगै हुर्काउँदै गरेको जनाएका छन्।
म्यानिटोबाको चर्चिलनजिकै ध्रुवीय भालुहरू बसाइँ सर्दा खिचिएको भिडिओमा पाँच वर्षजतिकी उक्त माउसँग १० देखि ११ महिनाजति उमेर भएका दुइटा गद्दुहरू देखिन्छन्।
वैज्ञानिकहरूका अनुसार सो क्षेत्रमा पाँच दशकको अवधिमा ४,६०० वटा भालुहरूको अध्ययन भएको छ। तर एउटा माउले अर्काको बच्चा अपनाएर त्यसको लालनपालन गरेको देखिएको यो तेह्रौँ घटना हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



