दशैँमा बाढीपीडितको सम्झनासहित राष्ट्रपति, प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

तस्बिर स्रोत, Nepal Photo Library
आज बुधवार बडादशैँको मुख्य दिन घरघरमा टीका र जमरा लगाउने तथा नजिकका आफन्तकहाँ गएर टीका र आशीर्वाद थाप्ने काम भइरहेको छ।
यो वर्ष कार्तिक ४ गते बुधवार परेको विजयादशमीमा देवीविसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले बडादशैँको शुभकामना दिएका छन्। सबैजसोले बाढीपीडितको स्मरण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई शुभकामना दिँदै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक नेपालमा दशैँले सामाजिक एकता सुदृढ गर्न भूमिका खेल्दै आएको बताएका छन्।
बाढी पीडितहरूको स्मरण गर्दै उनले बाढी पीडितहरूको पुनःस्थापनाका लागि एकताबद्ध भई काम गर्न आग्रह गरेका छन्।

तस्बिर स्रोत, Nepal president's office
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' ले उनको फेसबुकमा सन्देश पोस्ट गर्दै "आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौँ" भनेका छन्।
"आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्ने छ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ," बालेनले भनेका छन्।

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिर स्रोत, RSS
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























