अयोध्यामा निर्मित राम मन्दिर किन विवादास्पद छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अयोध्यामा निर्मित राम मन्दिर किन विवादास्पद छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्यामा हिन्दू देवता रामको नवनिर्मित मन्दिरको सोमवार उद्घाटन गरेपछि आलोचकहरूले उनलाई आगामी निर्वाचनमा राजनीतिक लाभ लिने गरी राम मन्दिरको विषय प्रयोग गरेको आरोप लगाएका छन्।

सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको ठाउँमा राम मन्दिर बनाइएको हो। उक्त मस्जिद १६औँ शताब्दीमा बनेको थियो।

'मुस्लिम अतिक्रमणकारीहरू'ले रामजन्मभूमिमा मस्जिद बनाएको दाबी हिन्दू अभियानकर्मीहरूले गर्दै आएका थिए।

सोमवार रामको प्रतिमामा प्राणप्रतिष्ठा र मन्दिरको उद्घाटन कार्यक्रममा अधिकांश विपक्षी नेताहरू सहभागी भएनन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।