पृथ्वीमा क्षुद्रग्रह खस्दा साइबेरियाको आकाशमा 'आगोको गोला'
एउटा सानो क्षुद्रग्रह पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा आकाशमा उज्यालो फैलिने गरी आगोको गोला बनेको मनोरम दृश्य सुदूरपूर्वी रुसमा देखिएको छ।
क्षुद्रग्रह खसेको हेर्न साइबेरियाको पूर्वोत्तरमा अवस्थित सखा प्रान्तका मानिसहरू बुधवार बिहान सबेरै हिउँ परेको समयमा खुला आकाशमुनि भेला भएका थिए।
खगोलविद्हरूले उक्त क्षुद्रग्रह पृथ्वीतिर खस्नुभन्दा १२ घण्टाअघि मात्र त्यसबारे थाहा पाएको युरोपेली अन्तरिक्ष निकाय (ईएसए)ले जनाएको छ।
उक्त क्षुद्रग्रहको व्यास झन्डै ७० सेन्टिमिटर रहेको अनुमान गरिएको छ। ईएसएका अनुसार उक्त क्षुद्रग्रह स्थानीय समयानुसार बिहान १ः१५ बजे पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो।
क्षुद्रग्रह खस्दा कुनै क्षति नपुगेको स्थानीय सरकारले जनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



