अमेरिकामा अवसर छोडेर मकैखेती गर्न क्यामरून फिर्ता
क्यामरूनका लोइ कम्वा पढ्न भनेर सन् २०१४ मा अमेरिका गए तर दुई वर्षमै उनी स्वदेश फर्किए।
अमेरिकामा पढ्दा उनलाई उद्यमी बन्न मन थियो। उनका आफन्त र साथीहरूले उनी उतै बसेर केही गर्लान् भन्ठानेका थिए। तर सबैलाई अचम्भीत पार्दै उनी क्यामरून फर्किए।
अहिले उनले त्यहाँ मकैको खेती सुरु गरेका छन्।
यो भिडिओमा उनले 'बीबीसी अफ्रिका'लाई आफू अफ्रिका फर्किनुको उद्देश्य खुलाएका छन्। अफ्रिकाबाहेक अन्य महादेशमा रहेका अफ्रिकी युवा पनि स्वदेश फर्कनुपर्छ भन्ने उनको धारणा छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



