सिपालु खेलाडीले पानीमा ढुङ्गा उफारेर टाढा पुर्याएको मनमोहक दृश्य
पानीमा ढुङ्गा बारम्बार उफ्रिने गरी फ्याँकेर टाढा पुर्याउन खोज्नुभएको छ वा अरूले त्यसो गरेको देख्नुभएको छ? रमाइलोका लागि गरिने त्यस्तो गतिविधिले खेलकुदको स्वरूप लिएको भन्ने कुरा पनि थाहा पाइराख्नुहोस्।
अहिले पानीमा ढुङ्गा छड्काउने त्यस्तो कौशलको प्रतियोगिता आर्जेन्टिनामा आयोजना हुन लागेको छ। उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न यूकेका फिलिप ब्लक्समले निम्तो पाएका छन्।
उनी यो कलामा सिपालु छन् र ढुङ्गा पानीमा उफार्दै १५७ मिटर (५१५ फीट) टाढा पुर्याउन सक्छन्।
सानै बेलादेखि पानीमा ढुङ्गा उफारेर रमाइलो गर्दै आएका फिलिपको कौशलको केही वर्षअघि कसैले निकै प्रशंसा गरेपछि उनले त्यसबारे अझ सोधखोज गरे। त्यसपछि उनी वेल्समा आयोजित एउटा प्रतियोगितामा सहभागी भए र त्यसमा द्वितीय भए।
उनको कौशलको चर्चा अहिले दक्षिण अमेरिकासम्म पुगेको छ। आर्जेन्टिनाको पाटागोनियामा हुन लागेको प्रतियोगितामा उनलाई निर्णायकका रूपमा निमन्त्रणा गरिएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



