'जेन जी पुस्ता'ले ‘प्रतिष्ठित’ जागिरको व्याख्या कसरी भङ्ग गरिरहेका छन्?

मोली जोनसन-जोन्स

तस्बिर स्रोत, Courtesy of Molly Johnson-Jones

तस्बिरको क्याप्शन, मोली जोनसन-जोन्सले सन् २०१५ मा अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गर्नुअघि नै उच्चस्तरको कम्पनीमा ‘प्रतिष्ठित’ जागिर पाउने व्यावसायिक दबाव महसुस गरिसकेकी थिइन्।

मोली जोनसन-जोन्सले सन् २०१५ मा अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गर्नुअघि नै उच्चस्तरको कम्पनीमा ‘प्रतिष्ठित’ जागिर पाउने व्यावसायिक दबाव महसुस गरिसकेकी थिइन्।

उनी भन्छिन्- उनी र विश्वविद्यालयका उनका साथीहरू केही त्यस्ता क्षेत्र रहेको ठान्छन् जसले फरक प्रतिष्ठा राख्छन्।

ती क्षेत्र खासगरी वित्त, परामर्श, चिकित्सा र कानुन हुन्।

त्यही कारण जोनसन-जोन्स आफ्नो स्नातक सकिए लगत्तै बैङ्क क्षेत्रमा काम गर्न थालिन्।

तर उनलाई त्यो आफ्ना लागि उचित काम हो भन्ने महसुस भएन।

यस्ता खालका “धेरै परम्परागत उद्योगहरू”ले वास्तवमै प्रतिष्ठा राख्ने कार्यस्थलमा काम गर्ने फरक पुस्ताका लागि काम गर्ने जेन गुरुका सह संस्थापक जोना स्टीलम्यान बताउँछन्। उनको कम्पनीले परामर्श दिने काम गर्छ।

एन्ड्रू रथ

तस्बिर स्रोत, Andrew Roth

आफैँ पनि जेन जी (अर्थात् सन् १९९० को दशकको अन्त्यदेखि सन् २०१० को दशकको सुरुमा जन्मिएकाहरू) पुस्ताका स्टीलम्यान यो मनोविज्ञान उच्च शिक्षाको पद्धतिमा अहिले पनि रहेको र थुप्रै पुस्तामा मानिसहरूलाई विश्वविद्यालयको शिक्षा हासिल गर्नुअघि नै त्यो दबाव महसुस हुने बताउँछन्।

परिवारका सदस्य वा उच्चशिक्षाबारे परामर्श दिनेहरूले पनि त्यही दबाव महसुस गर्ने उनी बताउँछन्।

“हामी यही अपेक्षामा हुर्कियौँ,” २४ वर्षीय एन्ड्र्यु रथले भने। उनले टेनेसीस्थित भ्यान्डरबल्ट विश्वविद्यालयबाट सन् २०२१ मा स्नातक गरेका हुन्।

“म भ्यान्डरबल्ट गएपछि छिट्टै “सबै बाटाहरू वित्त वा परामर्श दिने मार्ग”तर्फ हेलिए। त्यो बाटोमा जानु सहज महसुस भयो … सबै जनाले त्यही बाटो पछ्याइरहेका थिए।”

रथले यो बाटो पछ्याउने दबाव विश्वविद्यालयको प्रतिस्पर्धी वातावरण, आफ्ना सहकर्मीहरू र यही क्षेत्रको शक्तिशाली स्थानमा पुगेका व्यक्तिका कारण अवलम्बन गरेको बताए।

जेन जी पुस्ताका मानिसले काम गर्न थालेपछि विज्ञ र युवा कामदारले उच्च कोटीको जागिर विस्तार हुनसक्ने र समग्रमा कम सान्दर्भिक हुनसक्ने बताए।

केही युवा कामदारहरू अझै पनि पैसा कमाउनु प्रतिष्ठित हुने बताउँछन्।

खासगरी जीवन गुजाराका लागि महँगी निकै आकासिँदो भएकोले र कुनै खास कम्पनी वा उद्योगमा काम गर्दा आफ्नो करिअर बन्ने भएकोले उनीहरू त्यो प्रतिष्ठित हुने ठान्छन्।

तर अन्य भने कम्पनीको मान्यता, सहजता, एकाधिकार र स्वतन्त्रताजस्ता कुराहरूलाई महत्त्व दिन्छन्।

जेन जी पुस्ता

तस्बिर स्रोत, Courtesy of Danielle Farage

सन् २०२० मा स्नातक गरेकी २४ वर्षीय ड्यानिएल फराजले पनि आफू युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियामा रहँदा प्रतिष्ठित जागिरको व्याख्या साँघुरो भएको आफूले महसुस गरेको बताइन्।

उनले खासगरी आफ्ना साथीहरूबाट उच्चकोटीको जागिर पाउनुपर्ने दबाव बेहोरेको बताइन्।

“यो दबाव एकदमै छ, र सबैले आफ्नो जागिरहरूबारे पोस्ट गर्ने भएर त्यो एकदमै सघन छ,” न्यूयोर्क ब्रुकलिनमा रहेकी उनले भनिन्।

जेन जी पुस्ताका धेरै जो खासगरी उच्चकोटीका विश्वविद्यालयहरूमा पढ्छन् उनीहरू अझै पनि ठूला उद्योगहरूमै काम गर्न खोज्छन्। अझै पनि स्नातक हुने नयाँ धेरै विद्यार्थीहरू त्यही “साँघुरो र सिधा बाटो हिँड्न चाहने” बताउँछिन्: उनी आफू सरहका धेरैलाई चिन्छिन् जो अझै पनि “प्रतिष्ठाको पछि लाग्छन् किनभने सबैको कुरा ओहो मैले ठूलो जागिर खानुपर्छ … अर्को बिदामा म त्यो ठूलो बैङ्कमा प्रशिक्षणका लागि जानुपर्छ भन्ने लाग्छ।”

तर फराजले आफ्नो पुस्ताका त्यस्ता थुप्रै युवाहरू देखेकी छन् जसले प्रतिष्ठाको जागिरका रूपमा त्यस्तो जागिरलाई लिन्छन् जसले स्वयंको जीवनमा सुधार ल्याउँछ।

यसमा काम गर्ने व्यक्तिले उद्यमी भएर आफूले चाहेकै जीवनशैली अपनाउन सक्ने वा आफ्नो मान्यता र इच्छा मिल्दो उद्योगमा काम गर्ने वा कार्यालयको कामसँगै आफ्नो छुट्टै ब्रान्ड बनाउन सहायता पुर्‍याउने जागिर पक्का गर्न चाहन्छन्।

यसको उदाहरण फराज आफैँ हुन्; एउटा स्टार्ट-अपमा ग्रोथ र मार्केटिङ निर्देशक रहेकी उनी जेन जीका अनुभवहरूमा केन्द्रित भएर सँगसँगै अर्को काम पनि गरिरहेकी छन्।

मेरो विचारमा कुनै पनि क्षेत्रमा क्षमता हासिल गर्नु र सँगसँगै आफ्नो इच्छा अनुसारको काम पनि गर्नु नै प्रतिष्ठा हो”, उनले भनिन्।

रथ पनि खासगरी कोभिड-१९ को समयमा विदेशमा बसेर पढिरहँदा वित्त र परामर्शको अपेक्षित मार्गबाट आफू अन्यत्र मोडिएको महसुस गर्छन्। महामारीभरि नै “युवाहरूको आवश्यकता सुन्न र बुझ्न धेरै सङ्घ संस्थाहरूलाई कठिन भएको म बुझ्न सक्थेँ,” उनले भने।

स्नातक सकेपछि उनले आफ्नो योजनाहरू छोडेर उद्यम थाले र जेन जीसम्बन्धी अनुसन्धान गर्ने र रणनीति बनाउने एउटा कम्पनी डीसीडीएक्स खोले।

न्यूयोर्कमा बस्ने रथ भन्छन्, “प्रतिष्ठासँग जोडिएको हाम्रो सङ्गती अब परिवर्तन भएजस्तो छ।” “प्रतिष्ठाको सङ्गती … परम्परागत मार्ग पछ्याउनुमा छ। र, मलाई लाग्छ त्यसमा पूरै अस्वीकार्यता छ विशेषगरी यो किसिमको प्रगतिशील पुस्तामा।”

केही तथ्याङ्कहरूले जेन जी थप अर्थपूर्ण कामहरूतर्फ हेलिएको सङ्केत गर्छ।

बीबीसीको वर्कलाइफले लिङ्कडइनमा सन् २०२३ को एप्रिलमा ७००० भन्दा बढी कामदारहरूको समीक्षा गर्दा यूके, फ्रान्स, जर्मनी र आयरल्यान्डका ६४ प्रतिशत मानिसहरूले आफ्नो मान्यता मिल्ने कम्पनीसँग काम गर्न महत्त्वपूर्ण रहेको बताए।

ती युवा कामदारहरू सम्भावित कार्यस्थल छान्दा आफ्नो काम र जीवनको सन्तुलन हुने र करिअर पनि राम्रो हुने कुरामा जोड दिएको तथ्याङ्कले देखाउँछ।

जेन जीको परिवर्तित स्वभावसँगै उद्यम अँगाल्ने र आफ्नो मान्यतालाई जोड दिने सोच पनि परिवर्तन हुनसक्ने लिङ्क्डइनस्थित ईएमईए र एलएटीएएमका कार्यकारी निर्देशक जोस ग्राफ बताउँछन्।

जागिर खोज्ने संयन्त्र र करियर परिवर्तन गर्ने सम्भावित विकल्पका कारण त्यस्तो सोच परिवर्तन हुनसक्ने उनी बताउँछन्।

अनलाइनमा धेरै सङ्ख्यामा जागिरहरू पोस्ट हुँदा, “हामीले जागिरमा आवेदन दिने २० वर्षभन्दा अगाडिको समयभन्दा अहिले मानिसहरूलाई सूचनामा धेरै पहुँच छ … यसले विभिन्न भूमिकाका जागिरमा तपाईँलाई थप अवसर देखाइदिन्छ”, उनले भने।

“कार्यस्थल र कर्मचारीको सङ्ख्यामा आएको यो परिवर्तनले मानिसहरूलाई विकल्प वृहत् भएको बुझाउन मद्दत गर्छ।”

३० वर्षीय जोनसन-जोन्स, प्रतिष्ठित कामको परिवर्तित व्याख्या जेन जीभन्दा अगाडि आफ्नो पुस्ताका लागि पनि मिल्दो रहेको बताउँछिन्।

उनले “आफ्नो स्वास्थ्यका लागि” बैङ्किङ क्षेत्रको काम छोडेर आफ्नै कम्पनी फ्लेक्सा करिअर्स सुरु गरिन्।

वयस्क कामदारहरू पनि उच्च कोटीको जागिरबारे जेन जीको जस्तै भावना व्यक्त गर्ने उनी विश्वास गर्छिन्।

उनीहरूले पनि राम्रो जीवनशैलीलाई करिअरसँग जोडेर पुनर्व्याख्या गर्ने उनले बताइन्।

तर जोनसन जोन्सका अनुसार त्यो पुस्ता आवश्यकताका कारण यो परिभाषाको परिकल्पना गर्छन् भन्ने भिन्नता रहेको उनी बताउँछिन्।

“पद वा राम्रो पारिश्रमिकका लागि हामीले हप्तामा ६० घण्टा काम गर्न आवश्यक छैन,” उनले भनिन्। “किनभने कति मानिसहरूसँग पैसा खर्च गर्ने समय छ?”

रथ भने आफ्ना धेरै साथीहरू जो परम्परागत बाटो रोज्थे उनीहरू पनि आफ्नो छनोटबारे पुनर्विचार गरिरहेको बताएका छन्।

“मलाई लाग्छ धेरैले मलाई हेर्छन् थोरै ईर्ष्याले र भन्छन्, ‘मैले पनि तिमीले जस्तै गरेको भए हुन्थ्यो।’ मानिसहरू अहिले त्यो सोचमा आउँदै छन्।