कफी कहाँबाट आयो? कफीले हाम्रो शरीरमा कस्तो प्रभाव पर्छ?
कफी कहाँबाट आयो? कफीले हाम्रो शरीरमा कस्तो प्रभाव पर्छ?
लाखौँ मानिसहरूको दैनिक जीवनको अभिन्न अङ्गजस्तै बनेको कफीको उपभोग कम्तीमा पन्ध्र सय वर्षदेखि हुँदै आएको बताइन्छ।
आधुनिक विश्वको बौद्धिक र सांस्कृतिक जग बसाल्नमा भूमिका रहेको मानिने कफी इथिओपिआको रैथाने कफिया अरेबिका नामको वनस्पतिको फलबाट बन्छ।
स्वस्थ वयस्कले दैनिक ४०० मिलिग्राम कफी अर्थात् दैनिक चार वा पाँच कप मात्र कफी पिउनु राम्रो मानिन्छ।
उक्त सीमाभन्दा बढी कफी पिउँदा कस्ता समस्या देखा पर्छन्? कफी कहाँबाट आयो? र हामीले यो पिउँदा कस्तो प्रभाव पर्छ? भन्ने जान्न यो भिडिओ हेर्नुहोस्।






