रफाहमा घातक हमला भएपछि गाजाको अस्पतालमा जे देखियो
इजरेली सेनाले रफाहनजिकै विस्थापित मानिसहरू बस्ने गरेको शरणार्थी शिविरमा आइतवार हवाई आक्रमण गरेपछि घाइतेहरूलाई गाजास्थित एउटा अस्पतालमा लगियो।
उक्त अस्पतालका कर्मचारीहरूले घाइतेहरूको उपचार गर्न सक्दो प्रयास गरे।
तल अल-सुल्तानमा संयुक्त राष्ट्रसङ्घका गोदामनजिकै इजरेली लडाकु विमानहरूले बम खसाल्दा दर्जनौँ मानिसहरूको मृत्यु भयो। तीमध्ये अधिकांश महिला, बालबालिका र बूढाबूढी थिए।
स्थानीय बासिन्दाहरूले आक्रमण भएको स्थानलाई इजरेलले "सुरक्षित क्षेत्र" घोषणा गरेको बताएका छन्।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीजे) ले इजरेलले रफाहमा सैन्य गतिविधि नगर्ने आदेश दिएको भए पनि इजरेली सेनाले त्यहाँ सैन्य कारबाहीलाई अझ सघन बनाउँदै आइतवार राति आक्रमण गरेको हो।
हेर्नुहोस् यो भिडिओ।
सबीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



