'मलाई पहिलो पटक स्तन क्यान्सर हुँदा मेरा बच्चाहरू दूध खाने उमेरका थिए'
'मलाई पहिलो पटक स्तन क्यान्सर हुँदा मेरा बच्चाहरू दूध खाने उमेरका थिए'
बबी शाक्यलाई पहिलो पटक स्तन क्यान्सर हुँदा उनका जुम्ल्याहा बच्चाहरू आमाको दूध खाने उमेरका थिए।
त्यतिबेला २७ वर्षीया उनले देब्रे स्तनको शल्यक्रिया गराउनुपर्यो।
“जब म शल्यक्रिया गरेर घर फर्किएँ, मेरा बच्चाहरूले मलाई देख्ने बित्तिकै मलाई दूध देऊ भनेर छातीमा छाम्न आए। हरेक पल बच्चाहरूले दूध माग्न आउँदा मेरो मुटु फुट्ला जस्तो हुन्थ्यो दूध खुवाउन पाइनँ भनेर।” बबीले बीबीसी न्यूज नेपालीलाई बताइन्।
चार पटक क्यान्सरलाई जितेपछि उनी अहिले अन्य क्यान्सर पीडितका लागि स्वयंसेवीका रूपमा परामर्श दिइरहेकी छन्।हेर्नुहोस्, सृजना श्रेष्ठले बनाएको यो भिडिओ।







