हिमालबाट मधेश झरेको हिउँचितुवाको कथा

भिडिओ क्याप्शन सुरु हुँदैछ, के यो हिउँचितुवाले बाटो बिराएको हो?
हिमालबाट मधेश झरेको हिउँचितुवाको कथा

गत हप्ता मोरङको उर्लाबारीमा भेटिएको हिउँचितुवा चोरी सिकारीका कारण नभई बाटो बिराएर हिमाली भेगबाट मधेश पुगेको एकजना विज्ञले अनुमान गरेका छन्।

हिउँचितुवा विज्ञ मधु क्षेत्रीका अनुसार बिरालो प्रजातिको उक्त हिउँचितुवा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट बाटो बिराएर झन्डै ५६ किलोमिटर तल पुगेको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने चोरी सिकारी वा बाटो बिराएको भन्ने दुवै आशङ्काबारे अध्ययन भइरहेको बताएको छ।

हाल उद्धार गरिएको हिउँचितुवाको दिसा, दाँत तथा रौँको वैज्ञानिक परीक्षण भइरहेको विभागले जनाएको छ।

संरक्षित सूचीमा रहेको तथा २,००० देखि ६,००० मिटरको उचाइमा पाइने हिउँचितुवाबारे पर्याप्त गहिरो अध्ययन हुन नसकेको विज्ञ बताउँछन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।