सधैँ दुःखमा परेका अरूको कहाली लाग्दा कथा सुन्नेहरूको पीडा
बाल अधिकारका लागि काम गर्ने संस्था सिविन नेपालले बाल हेल्प लाइन सञ्चालन गर्दछ। उक्त बाल हेल्प लाइनमा दिनहुँ लगभग १०० वटा फोन आउने गर्छ। तीमध्ये आधा जति फोन विभिन्न किसिमका बाल हिंसा वा दुर्व्यवहारमा परेकाहरूको आउने गरेको तथ्याङ्क छ।
त्यस किसिमको समस्यामा परेकालाई मनोपरामर्श दिनेमध्ये एक हिरादेवी खतिवडा हुन्। उनले दैनिक परामर्श दिनेहरूमा जबरजस्ती करणी, यौन दुर्व्यवहार लगायतका घटनाका पीडितहरू हुने गर्छन्।
दिनहुँ यस्ता घटना सुन्दा र पीडितहरूलाई परामर्श दिँदा उनी आफूलाई पर्ने मानसिक असरबाट जोगिन मुश्किल पर्ने गरेको बताउँछिन्। उनी र अन्य उनीजस्ता मनोपरामर्शदाताहरूले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने गर्छन् र आफूलाई कसरी सम्हाल्ने गर्छन्?
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



