स्वर जस्तोसुकै भए पनि गाउँदा स्वास्थ्यमा अनेकौँ फाइदा
स्वर जस्तोसुकै भए पनि गाउँदा स्वास्थ्यमा अनेकौँ फाइदा
गीत गाउँदा, विशेष गरी समूहमा गाउँदा, स्वास्थ्यमा अनेकौँ फाइदा पुग्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
गाउँदा आफूलाई मात्र आनन्द हुने होइन यो त अरूसँग घुलमिल गर्ने सूत्र पनि हुन सक्छ। त्यसबाहेक गाउने मानिसको स्वास्थ्य बलियो हुन्छ र ऊ भावनात्मक रूपमा फुर्तिलो हुन सक्छ।
गायनले शरीरलाई रोगसँग प्रतिरोध गर्नका लागि सबल बनाउँछ भने शरीरमा हुने पीडा दबाउन पनि सघाउँछ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



