'कतार अहिले बेहुली झैँ सजिएको छ’ दोहामा नेपाली आप्रवासीले देखेको माहौल
'कतार अहिले बेहुली झैँ सजिएको छ’ दोहामा नेपाली आप्रवासीले देखेको माहौल
अहिले कतारको दोहामा ‘फिफा विश्वकप २०२२’ भइरहेको छ।
विभिन्न पेशामा गरी चार लाख भन्दा बढी नेपाली कामदार रहेको कतारमा विश्वकपको माहौलमा उनीहरू पनि रमाइरहेका छन्।
बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै केही आप्रवासी कामदारले कतार अहिले बेहुली झैँ सजिएको बताएका छन् त केहीले सपना जस्तै लागेको बताएका छन्।
विश्वकप हेर्नका लागि नेपालबाट पनि कैयन् नेपालीहरू दोहा गएका छन्।
रोजगारीका लागि कतार नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक मध्ये एक हो।
'फिफा विश्वकप २०२२’ मा रमाइ रहेका केही नेपाली आप्रवासी कामदारसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
Skip अनि यो पनि: and continue readingअनि यो पनि:
End of अनि यो पनि:




