विवाह गर्ने उमेर कति हुँदा ठिक?
अहिले नेपालमा विवाहको वैधानिक उमेर २० वर्ष रहेको छ। यस कानुनलाई संशोधन गरेर १८ वर्ष पुर्याउनु पर्छ भनेर बहस भइरहेको छ ।
कैयौँले विवाहको उमेर घटाएर १८ पुर्याउन नहुने तर्क गरिरहेका छन् भने केही विवाहको उमेर १८ बनाउँदा बाल विवाहलाई दुरुत्साहन हुने ठान्छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिकी सदस्य सांसद रञ्जुकुमारी झाले यो कानुन संशोधन काठमाण्डू केन्द्रित नभई सात वटा प्रदेशको मूल्य, मान्यता र परम्परालाई समेटेर बनाउन आवश्यक रहेको बताइन्।
"अहिले छिटो विवाह हुने भनेको प्राय: अशिक्षित, गरिव, पिछडिएका समुदायका हुन्छन्। त्यस्ता समुदाय आपराधिकरणमा नपरून् र सजायको दायरामा नल्याइयोस् भनेर विवाहको उमेर न्यूनतम १८ वर्ष राख्न खोजेको हो," झाले बीबीसी न्यूज नेपालीलाई बताइन्।
विवाहसम्बन्धी कानुन संशोधनलाई लिएर उठेका मुद्दाहरूलाई समेटेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



