मौसमविद्‌लाई पनि 'भावुक' बनाउने मिल्टन आँधी ‘चरम मौसमी घटना बढ्दाको क्रोध हो’

भिडिओ क्याप्शन सुरु हुँदैछ, आँधी मिल्टनबारे जानकारी दिँदा मौसमविद् भावुक
मौसमविद्‌लाई पनि 'भावुक' बनाउने मिल्टन आँधी ‘चरम मौसमी घटना बढ्दाको क्रोध हो’

फ्लोरिडाका मौसमविद् जन मोराल्स गल्फ अफ मेक्सिकोमा आँधी मिल्टनको डरलाग्दो तीव्रताबारे जानकारी दिँदा निकै भावुक बनेका छन्।

मौसमविद्‌हरूका अनुसार २८१ किमि प्रतिघण्टा गति रहेको मिल्टनलाई तीव्रताका आधारमा पाँचौँ तहमा राखिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार यो आँधी फ्लोरिडा पुगेपछि जनजीवन प्रभावित भएको छ।

आँधीका कारण ३० लाखभन्दा बढी मानिसहरू विद्युत् तथा खानेपानी आपूर्तिबाट वञ्चित भएका छन्।

प्रभावित क्षेत्रमा केही मानिसको मृत्यु भएको तर सङ्ख्या यकिन गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

हलीन आँधी आएको दुई साता नपुग्दै मिल्टन आएको छ।

तीव्रताको चौथो तहको हलीनका कारण फ्लोरिडा, जोर्जा, साउथ क्यारलाइना, टेनसी, भर्जिनिया र नर्थ क्यारलाइनामा कम्तीमा २२५ मानिसहरूको ज्यान गएको थियो।

मिल्टन आँधी देखेर आफू भावुक भएको बताउने मौसमविद् जन मोराल्सले यसलाई "चरम मौसमी घटनाहरू बढ्दाको क्रोध" भनेका छन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।