पोखरा जाने बाटो: ढिलासुस्ती, यात्रुलाई सास्ती
पोखरा जाने बाटो: ढिलासुस्ती, यात्रुलाई सास्ती
नेपालको राजधानी काठमाण्डूबाट पोखरा जाने मुग्लिन-पोखरा सडकको स्तरोन्नतिको काम तोकिएको समयमा नसकिने निश्चित भएको अधिकारीहरूले बताएका छन्।
यसरी ढिलाइ हुँदा मुग्लिनदेखि पोखराको करिब ९० किलोमिटर पार गर्न सातआठ घन्टासम्म लाग्ने गरेको छ जबकि सामान्यतया यो बाटो करिब तीन घण्टामा पार गरिन्थ्यो।
बाटोको काम नसकिँदा छेउछाउका स्थानीयवासीले पनि आफूहरू समस्यामा परेको बताएका छन्।
हेर्नुहोस् कृष्णमणि बरालको सहयोगमा विजय गजमेरले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



