सौखिन फोटोग्राफरहरूले खिचेका किराफट्याङ्ग्राका लोभलाग्दा तस्बिर

तस्बिर स्रोत, PETE BURFORD
संसर्गमा रहेको गोल्डन ट्याब्ड रोबर फ्लाइज : 'इट टेक्स टू' नाम दिइएको एक तस्बिर रोयल इन्टमलजिकल सोसाइटी इन्सेक्ट वीक (किराफट्याङ्ग्रा सप्ताह) प्रतिस्पर्धामा मुख्य विजेता बनेको छ। श्रूजबरीका पीट बुरफर्डले उक्त तस्बिर खिचेका हुन्।
सौखिन फोटोग्राफरहरूको उक्त वार्षिक प्रतिस्पर्धामा ३४ देशहरूबाट ७०० भन्दा धेरै सहभागी भएका थिए। तीमध्ये २४ तस्बिरले यस वर्ष विभिन्न पुरस्कारहरू पाए।
बुरफर्डले लकडाउनका बेला म्याक्रो फोटोग्राफी गर्दै आफ्ना काम इन्स्टाग्राम र टिकटकमा राखेका थिए।
स्वीडनका १६ वर्षीय गुस्तभ परिनमार्कले १८ वर्षमुनिका सहभागीको स्पर्धामा एक नीलो पुच्छर भएको ड्याम्जलफ्लाईको तस्बिरका लागि 'फ्रेश आउट अफ द शावर' शीर्षकको तस्बिरमा विजेता बनेका थिए।

तस्बिर स्रोत, GUSTAV PARENMARK
"सोखका लागि खिचिएका किराफट्याङ्ग्राका तस्बिरका गुणस्तर बढिरहने क्रम जारी रहँदा बर्सेनि यस प्रतिस्पर्धा कठिन हुँदै छ," फलमाउथ यूनिभर्सिटीका वरिष्ठ अध्यापक तथा मुख्य निर्णायक टिम ककरिलले भने।
"किराफट्याङ्ग्रा र तिनको लोभलाग्दो आकर्षणमा रुचि बढिरहनुको कारण हाम्रो जीवनमा उनीहरूको भूमिका र मानिसहरूले उनीहरूको जीवनमा खेल्नुपर्ने भूमिका अझ राम्ररी थाहा हुनु हो।"
मार्क ब्राउवरले खिचेको एक हमिङबर्ड हक मथको तस्बिरले १८ वर्षमाथिका सहभागीको विधामा दोस्रो स्थान जितेको थियो।

तस्बिर स्रोत, MARC BROUWER
रोयल इन्टमलजिकल सोसाइटीले आयोजना गरेको इन्सेक्ट वीक १९ जुनमा सुरु भई २५ जुनसम्म रहन्छ।
निर्णायकहरूको ध्यान खिचेको केही तस्बिरहरू यस्ता छन्।

तस्बिर स्रोत, RAYMOND J CANNON
रेमन्ड जे क्याननले खिचेको एक कमन बम्बलबी उडिरहेको तस्बिर।

तस्बिर स्रोत, SARAH PERKINS
सारा पर्किन्सले अपराह्न सूर्यमा एक अरिन्ज टिप पुतलीको तस्बिर खिचेका छन्।

तस्बिर स्रोत, PANAGIOTIS DALAGIORGOS
हेलिनिका बुस क्रिकेटको यो लो-एङ्गल तस्बिर पानागीओतिस दलागिओर्गोसले खिचेका हुन्।

तस्बिर स्रोत, DENNIS TEICHERT
डेनिस टाइचर्ट भन्छिन्, "यो सुन्दर एन्ट लायन एउटा आँधीबेरीपछिको रातमा भेटिएको हो।"

तस्बिर स्रोत, BENJAMIN SALB
एउटा सिक्स-स्पटेड टाइगर बीटलको तस्बिर बेन्जामिन साल्बले खिचेका हुन्।

तस्बिर स्रोत, ÁNGEL PLATA
एन्जल प्लाटाले एक अफेनोगेस्तेर इबेरिकाको तस्बिर खिचेका छन्। "नामैले भन्छ यो इबेरिअन प्रायद्वीपको रैथाने हो र त्यो मोरक्कोमा समेत पाइन्छ।"

तस्बिर स्रोत, ROSA DUNBAR
सत्र वर्षे रोजा डनबारलाई १८ वर्ष मुनिका सहभागीको विधामा एक न्यूजिल्याण्ड प्रेइङ म्यान्टिसको यस तस्बिरका लागि दोस्रो पुरस्कार दिइएको छ।

तस्बिर स्रोत, GUSTAV PARENMARK
सोह्र वर्षे गुस्तभ परिनमार्कले यस तस्बिरलाई टग अफ वार शीर्षक दिएका थिए।








